गन्तव्यहिन यात्रा
पुष १०, २०७९, आइतबार | विहान १०:३३ बजे | 20
कुमार लघु
सपना चकनाचुर है
कागकाे बथानमा बकुला
गठवन्धन ताेड्ने निश्चितताले
जुङ्गेचरा, शेरेभकभके र नेकुमा
अाफ्नै कार्यकर्तामा रन्थनिन थाले
लाै अब भनुस्
देश वेच्न प्रधानमन्त्री वनेर
गन्तव्य हिनयात्रामा
हप्ताै दिन अगाडि नै
ठाउँठाउँमा अाेथाराे वस्न थाले छ
नाथे राष्ट्वादी र स्वतन्त्र पार्टीले
अराष्टिय तत्वहरूसित साँठगाँठ गर्न थाले
जाे जाेगि अाए पनि कानै चिरेकाे
याे है ताल वेतालकाहरू नै
देश विगार्नेहरू हुन्
हामी हाम्रै बाटामा ठिक थियाैँ ,
लाेभ मन्त्रीकाे र प्रधानमन्त्रीकाे
कति ठाउँमा
भूसकाे थुम्काे नदेखेकाेले
चामल वा नगदकाे भारी देखेपछि
यही माैका हाे भाेलि हाेला कि नहाेला
वेलैमा काममा सिध्याई दिऊ ब
भन्ने साेच ल्याउन हुन्डैन्
जनतामा फर्केर अाफ्नाे अनुहार नहेर्ने ।
अाँट ल्याउन !
पिँडालु खाएकाे सुँगुर झै
सरकारमा जान पल्केकाछन् ,
ती शसक्त पार्टीहरू पल्केका हुन्
लाै तछाड मछाडमा दाैड्मा छन् ।
काेही भारत भक्ती
काेही सिअाईए भक्तीहरू
राजदूतावास भित्रपसेका
काेही विचवाटैवाट फर्केका
काेही बाल्टकाे भवनमा गफागफमा
काेही बुढाकाे बुढानिल्कन्ठमा गफागफमा
यहि हाे
गन्तव्य हिनयात्रा
अर्थ न वर्थकाे नपुंसकहरूकाे यात्रा ...
भूभरीले डुवाई लग्ने नै छन्
2079/09/10