फुटसलको उपाधि शारदा माविको पोल्टामा


पुष ८, २०७९, शुक्रबार | विहान १०:५७ बजे | 0


फुटसलको उपाधि शारदा माविको पोल्टामा

भक्तपुर, ७ पुस । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरव्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत फुटसल प्रतियोगिताको फाइनल खेल तथा पुरस्कार वितरण कार्यक्रम उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा शुक्रबार भुलाँचा सुटर फुटसल ग्राउण्डमा सम्पन्न भयो । उक्त प्रतियोगितमा पुरस्कृत हुने खेलाडी विद्यार्थीहरुलाई प्रमुख अतिथि रजनी जोशीले पुरस्कृत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि रजनी जोशीले खेलकुद महोत्सवको रुपमा आयोजनामा गरे खेलकुदको एक अर्काको प्रतिभाहरु सिकेर देशको उत्कृष्ट खेलाडी बनेर जिल्लाको नाम उच्च राख्नेछ भन्नुभयो । त्यस्तै शिक्षा स्वास्थ्यमा अब्बल रहेकोमा खेलकुदबाट पनि भक्तपुरको परिचय दिन सक्ने बताउनुभयो । उहाँले खेलकुदको संगसंगै शिक्षामा अग्रणी भुमिका निभाउने र सम्पदा संरक्षणका साथै सँस्कृति जगेर्ना गर्ने काममा लागि लागि परेकोमा खेलाडी विद्यार्थीहरुले पनि सहयोग गर्ने छ भन्नुभयो त्यस्तै अनुशासित र नैतिकवान नागरिक तयार गर्ने हेतुले खेलकुद आयोजना गरेको हुनाले असल नागरिक बनाउनमा टेवा पुग्ने बताउनुभयो । 
कार्यक्रममा भक्तपुर जिल्ला फुटबल संघका उपाध्यक्ष सुनिल प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य सुनिता अवालले पनि बोल्नु भएको थियो ।  
फाइनल खेल शारदा मा.बि.बिरुद्ध सैनिक आवासिय महाविद्यालयबीच भएको प्रतिस्पार्धात्मक र रोमाञ्चक खेलमा शारदा मा.बि.का क्याप्टेन जर्सि नं ९ बिजय मोक्तानले २ गोल गरेको थियो भन्ने मध्यान्तर पछि सैनिकका जर्सि नं १७ का अनुभव पुरीले १ गोल गर्यो र २–१ गोलले शारदा मा.बि.ले विजय हासिल गरी प्रथम हुन सफल भयो ।
प्रतियोगितामा उदियमान खेलाडीमा जेसिस स्कुलका श्रीजन मल्ल, उत्कृष्ट खेलाडीमा शारदा मा.बि.का विजय मोक्तान, उत्कृष्ट गोलकिपरमा शारदा मा.बि.कै भक्त राशकोटी र फाइनल खेलमा मान अफ दि म्याद शारदा मा.बि.का बिजय मोक्तान हुन सफल भएको भक्तपुर जिल्ला फुटबल संघका उपाध्यक्ष रामकृष्ण प्रजापतिले बताउनु भयो । 

Comments