भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अहिलेसम्म एभरेष्ट स्कुलको वर्चस्व
पुष ८, २०७९, शुक्रबार | विहान ०५:३० बजे | 15
भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत भलिबल छात्रतर्फ सैनिक आवसीय महाविद्यालय प्रथम भएको छ । प्रतियोगितामा श्री पद्म माध्यमिक विद्यालय द्वितीय र ख्वप माध्यमिक विद्यालय र बागीश्वरी माध्यमिक विद्यालय तृतीय भए । छात्रतर्फ सैनिक आवसीय माध्यमिक विद्यालयका जर्सी नं. ९ का अनिल बगाले उत्कृष्ट खेलाडी छनोट भए । त्यस्तै भलिबल छात्रातर्पmको खेलमा सैनिक आवसीय महाविद्यालय प्रथम, बागेश्वरी माध्यमिक विद्यालय द्वितीय र ख्वप माध्यमिक विद्यालय र बासु माध्यमिक विद्यालय संयुक्त रुपमा तृतीय भए । छात्रातर्फ सैनिक आवसीय माध्यमिक विद्यालयका जर्सी नं. ३ का स्मृति थापा उत्कृष्ट खेलाडी छनोट भए ।
उसु प्रतियोगिताको तिइलु छ्वान छात्रतर्फ मेधा माविका रोशन बि.क प्रथम, मेधा माविका राज गोरा द्वितीय र प्रभात माविका क्रिस्टल खितिबखु तृतीय भए । त्यस्तै तइलु छ्वान छात्रातर्फ होली गार्डेनका रुजा दुवाल प्रथम, मेधा माविका रिमा तामाङ द्वितीय र हिमालयन ग्लोरीका रोसिम सुवाल तृतीय भए । चुंगी छ्वान छात्रतर्फ ग्लोबल लाइफका सुजित बखाद्यो प्रथम, बासु माविका युमिन चाकुमनि द्वितीय र मेधा माविका प्रतिक बाती तृतीय भए । चुंगी छ्वान छात्रातर्फ बासु माविका क्रिज्मा कुछुमनी प्रथम, जेसिसका तमन्ना कोजू द्वितीय र सूर्यदया विद्यालयका साधना मगर तृतीय भए ।
जिम्नास्टिकमा भल्टिङ्ग टेबल जुनियर छात्रतर्फ एभरेष्ट स्कूलका सन्देश शाही प्रथम, एभरेष्ट स्कूलका हिरोज सुवाल दोस्रो र एभरेष्ट स्कूलकै रोयल्सनराज पहिजुले तेस्रो स्थान हासिल गरे । त्यस्तै भल्टिङ्ग टेबल सिनियर छात्रतर्फ जेन्यूइन स्कूलका सुमन नापित प्रथम, एभरेष्ट स्कूलका अर्नेस सुवाल दोस्रो, मेधा माविका सुमित तमखू तेस्रो भए । भुइ ब्यायाम जुनियर छात्रतर्फ लनर्स एकेडेमीका रिसब जाकिबन्जार प्रथम, एभरेष्ट स्कूलका हिरोस सुवाल दोस्रो र एभरेष्टका रोयल्सनराज पहिजू तेस्रो भए भने भुइ व्यायाम सिनियर छात्रतर्फ मेधा माविका सुमित तमखू प्रथम, जेन्यूइन माविका सुमित नापित दोस्रो र एभरेष्ट स्कूलका अर्नेस सुवाल तृतीय भए । अल राउन्डर जुनियर छात्रतर्फ एभरेष्ट स्कूलका हिरोस सुवाल प्रथम, एभरेष्ट स्कूलका सन्देश शाही दोस्रो र एभरेष्ट स्कूलकै रोयल्सनराज पहिजू तेस्रो भए भने अल राउन्डर सिनियर छात्रतर्फ मेधा माविका सुमित तमखू प्रथम, जेन्यूइन स्कूलका सुमित नापित दोस्रो र एभरेष्ट स्कूलका अर्नेस सुवाल तेस्रो भए ।
जिम्नास्टिक खेलअन्तर्गत भुइ व्यायामको जुनियर छात्रातर्फ मिनर्वा स्कूलका भाग्यश्री कोजु प्रथम, जेन्यूइन स्कूलका तुलिसा कोजू दोस्रो र महेन्द्र आश्रम स्कूलका श्रीनिभासा सुवाल तेस्रो भए । त्यस्तै भुइ व्यायाम सिनियर छात्रातर्फ जेसिस स्कूलका रेघिसा घेमोसू प्रथम, मेधा माविका रिजु रन्जित दोस्रो र सैनिक आवासीय महाविद्यालयका रुपसिका थापामगर तेस्रो भए । त्यस्तै भल्टिङ्ग टेबल जुनियर छात्रातर्फ जेन्यून स्कूलका तुलिसा कोजू प्रथम, एभरेष्ट स्कूलका कायरा चवाल दोस्रो र महेन्द्र विद्याश्रमका श्रीनिभासा सुवाल तेस्रो भए । भल्टिङ्ग टेबल सिनियर गल्र्सतर्फ मेधा माविका रिजु रञ्जित प्रथम, जेसिस स्कूलका रिघासा घेमोसू दोस्रो र सैनिक स्कूलका रुपसिका थापामगर तेस्रो भए । अल राउन्डर जुनियर छात्रातर्फ जेन्यूइन स्कूलका तुलिसा कोजू प्रथम, एभरेष्ट स्कूलका कायरा चवाल दोस्रो र महेन्द्र विद्याश्रमका श्रीनिभासा सुवाल तेस्रो भए भने अल राउन्डर सिनियर छात्रातर्फकै अर्को खेलमा जेसिस स्कूलका रिघासा घेमोसू प्रथम, मेधा माविका रिजु रन्जित दोस्रो र सैनिक स्कूलका रुपसिखा थापामगर तेस्रो भए ।
एथ्लेटिक्स अन्तर्गत १५०० मिटर छात्रतर्फ प्रभात इगलिश सेकेण्डरी स्कूलका रुकेश गिरी प्रथम, शारदा माविका गणेश शाही द्वितीय र एभरेष्ट इ. से. स्कूलका स्वर्णिम श्रेष्ठ तृतीय भए । त्यस्तै १५०० मि. छात्रातर्फ जेसिस माविका पृथुजा गोर्खाली प्रथम, शारदा माविका एलिना खत्री द्वितीय र एभरेष्ट इ. स्कूलका आयसा भट्टराई तृतीय भए । त्यस्तै १०० मिटर छात्रतर्फ बाल विकास से. स्कूलका रिजेन अधिकारी प्रथम, बागीश्वरी माविका आयुष डोङ द्वितीय र बागीश्वरी माविकै विकास तामाङ तृतीय भए भने १०० मि. छात्रातर्फ जेसिस माविका प्रितिसा शिल्पकार प्रथम, सूयर्विनायक से.स्कूलका रक्षा खड्का द्वितीय र सामुदायिक इ. स्कूलका विशेष्टा राई तृतीय भए ।
६० मि. छात्रतर्फ ज्ञान विजय माविका सुवास तामाङ प्रथम, बागीश्वरी माविका अनमोल राई द्वितीय, सम्राट ज्याख्व तृतीय भए भने ६० मिटर छात्रातर्फ मिनर्वा इ. स्कूलका समीक्षा श्रेष्ठ प्रथम, प्रवेश एकेडेमीका शिवानी क्षेत्री द्वितीय र लिटिल वल्र्डका रितिका बुमि तृतीय भए ।
प्रतियोगिता अन्तर्गत विभिन्न खेलहरु जारी नै रहेका छन् । प्रतियोगिता पुस ९ गते शनिबारसम्म चल्ने छन् ।