भोलि सैनिक महाविद्यालय र शारदा मावि फाइनलमा भिड्ने


पुष ७, २०७९, बिहीबार | दिउँसो ०२:४४ बजे | 0


भोलि सैनिक महाविद्यालय र शारदा मावि फाइनलमा भिड्ने

भक्तपुर, ७ पुस । भक्तपुर नगरपालिकाको आयोजनामा विद्यालय स्तरीय नगरव्यापी खेलकुद प्रतियोगिता अन्तर्गत फुटसल प्रतियोगिताको क्वाटर फाइनल र सेमिफाइनल खेल बिहीबार सम्पन्न भयो । पहिलो क्वाटर फाइनलमा पारागन एकेडेमी विरुद्ध शारदा मा.वि.बीच भएको खेलमा शारदा मा.वि.ले जित हासिल गर्यो र शारदा मा.वि. जर्सि ९ क्याप्टेन बिजय मोक्तानले एक गोल र जर्सि नं ७ का अर्जुन लुङ्गबाले दुई गोल सहित तीन गोल गरेको थियो भने पारागनका जर्सी नं ७ का अमन श्रेष्ठले १ गोल गरेको थियो । १–३ गोलका साथ शारदा मा.वि.ले जितेको थियो । सोही दिनको अर्को क्वाटर फाइनल खेलमा सनसाईन नेशनल स्कूल विरुद्ध महेन्द्र विद्याआश्रम बीच भएको खेलमा महेन्द्र विद्या आश्रमका जर्सि नं १५ का अस्मीन बुढाथोकीले एक गोल गरी जित हासिल गर्यो । त्यस्तै सेक्रिट हर्ट बिरुद्ध मेधा मा.वि.बीच भएको खेलमा मेधाका जर्सि नं ६ का स्वरुप खत्रीले एक गोल गर्यो भने सेक्रिट हर्टका जर्सि नं १० का समिर तामाङ्गले हाट्रिक गरेर ३–१ ले जित हासिल गर्यो । सोही दिन सैनिक आवासीय मा.बि. बिरुद्ध गणेश मा.बि.बीच भएको खेलमा दक्ष लामाले एक गोल र किसन थापाले एक गोल गरी २–० ले सैनिकले जित हासिल गर्यो । सोही दिन भएको सेमिफाइनल खेलमा शारदा मा.बि. बिरुद्ध महेन्द्र बिद्या आश्रम बीचको खेलमा शारदाका जर्सि नं ९ का क्याप्टेन विजय मोक्तानले एक गोल र महेन्द्र विद्या आश्रमका जर्सि नं १५ का अस्मिन बुढाथोकिले एक गोल गर्दा बराबरीमा टुङ्गिएपछि ट्राई ब्रेकर अथवा पिनाल्टी सुट आउटमा ३–२ गोलले शारदा मा.बि.जितेको थियो । त्यस्तै अर्को सेमिफाइनल खेलमा सेक्रिट हर्ट बिरुद्ध सैनिक आ.मा.बि.बीच भएको खेलमा सैनिकका जर्सिं नं १५ दक्ष लामाले एक गोल, जर्सि नं १७ का अनुभब पुरीले एक गोल र जर्सि नं १४ का किसन थापाले एक गोल गरी ०–३ ले सैनिकले जितेको थियो । भोलि पुस ८ गते सैनिक आवासीय महाविद्यालय र शारदा मा.बि.बीच बिहान ९ः०० बजे सुटर फुटसल ग्राउण्डमा फाइनल तथा पुरस्कार वितरण हुने भक्तपुर जिल्ला फुटबल संघका उपाध्यक्ष रामकृष्ण प्रजापतिले बताउनुभयो ।

Comments