भक्तपुरका २८ विद्यालयको फुटसलमा महाभिडन्त


पुष ७, २०७९, बिहीबार | विहान ०७:१३ बजे | 25


भक्तपुरका २८ विद्यालयको फुटसलमा महाभिडन्त

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा विद्यालय स्तरीय नगरव्यापी खेलकुद प्रतियोगिता अन्तर्गत फुटसल प्रतियोगिताको उद्घाटन नेमकिपाका केन्द्रीय सदस्य एवम् ७ नं वडाध्यक्ष उकेश कवाँले एक समारोह बीच भुलाँचा फुटसल ग्राउण्डमा बुधबार रेफ्रिहरुलाई बल हस्तातरण गरी उद्घाटन गर्नुभयो । कार्यक्रममा उहाँले खेलकुदलाई युवाहरुको अभिन्न अङ्गको रुपमा लगेर मौलिक हकमा सुनिश्चित गर्नुपर्ने बताउँदै हिजो सिमित व्यक्तिको हात रहेको खेलकुद सम्पूर्ण जनताको हातमा पुग्नु पर्छ भन्ने नेपाल मजदुर किसान पार्टीको मान्यता रहेको बताउनुभयो । उहाँले खेलकुदबाट देशको नाम उजागार गर्न र देशको जिम्मेवार नागरिक बनाउन खेललाई विद्यार्थी खेलाडीहरुले अनुशासित रुपमा नियमसंगत निरन्तरता दिए भविष्य उज्वल हुने बताउनुभयो । उद्घाटन समारोह वडा नं ४ का वडाध्यक्ष उपेन्द्र सुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा भक्तपुर जिल्ला फुटबल संघका उपाध्यक्ष सुनिल प्रजापतिले पनि बोल्नुभएको थियो । उद्घाटन पछिको पहिलो पहिलो खेलमा साइनिङ स्टुडेण्ट एकेडेमी र बागिश्वरी माविको खेलका ५-४ विजेता साइनिङ स्टुडेण्ट एकेडेमीसँगको खेलमा पारागन एकेडेमीले ३-२गोलले जितेका थिए । ब्राइट स्टार इङ्गलिस स्कूल र जागृति मावि को खेलमा ब्राइट स्टार इङ्गलिस स्कूलले ३-१ तथा शारदा मावि र शान्ति निकेतन माविको खेलमा शारदा मावि ५-० गोलले जितेका थिए भने शारदा मावि र ब्राइटस्टार इङ्गलिस स्कलको खेलमा शारदा माविले १-०ले जितेका थिए । समाजसुधार र सनसाइन नासनल स्कलको खेलको १-०विजेता सनसाइन नासनल स्कूलसँग आदर्श आजाद माविको खेलमा सनसाइन नासनल स्कूलले २-१जितेका थिए । महेन्द्र विद्याश्रम र सूर्यविनायक इङ्गलिस स्कूलको खेलमा ३-१ महेन्द विद्याश्रम तथा डेमोस इङ्गलिस स्कूल र एभ्रेस्ट इङ्गलिस् स्कूलको खेलमा डेमोस इङ्गलिस स्कूलले ५-४जितेका थिए भने डेमोस इङ्गलिस स्कूल र महेन्द्र विद्याश्रमको खेलमा महेन्द्र विद्याश्रमले१-० जितेका थिए । सेकरिड हार्ट एकेडेमी र अक्सफोर्ड प्राक्टिकल स्कूलको खेलका १-०विजेता सेकरिड हार्ट एकेडेमीसँग बासुको खेलमा सेकरिड हार्ट एकेडेमीले ३-०ले जितेका थिए । जेसिस सेकेण्डरी स्कूल र हिमालयन ग्लोरी इङ्गलिस स्कूलको खेलमा जेसिस सेकेण्डरी स्कूलले ४-३ तथा विद्याविकास इङ्गलिस स्कूल र मेधा माविको खेलमा मेधा माविले २-१ जितेका थिए भने जेसिस सेकेण्डरी स्कूल र मेधा माविको खेलमा मेधा माविले ४-३ जितेका थिए । सैनिक आवासीय महाविद्यालय र जेन्युइन सेकेण्डरी स्कूल को खेलका ५-१ विजेता सैनिक आवासीय महाविद्यालयसँग सूर्योदय सेकेण्डरी स्कूलको खेलमा सैनिक आवासीय महाविद्यालयले ५-० विजय हासिल गरेका थिए । बालविकास सेकेण्डरी स्कूल र प्रभात इङ्गलिस स्कूलको खेलमा बालविकास इङ्गलिस स्कूल २-० तथा गणेश मावि र पद्म माविको खेलका विजेता गणेश माविले २-१ जितेका थिए भने बालविकास इङ्गलिस स्कूल र गणेश माविको खेलमा गणेश माविले ३-१ जितेका थिए । भक्तपुर नगरपालिकाका फुटबल प्रशिक्षक इन्द्रप्रसाद राजलवटले फुटसलको पहिलो दिन २८ वटा विद्यालयको २० वटा खेल सम्पन्न भएको जानकारी दिनुभएको छ

Comments