नगरस्तरीय खेलकुद महासंग्रामको फुटसलमा २८ विद्यालयको भिडन्त


पुष ५, २०७९, मङ्गलबार | दिउँसो ०२:५६ बजे | 5


नगरस्तरीय खेलकुद महासंग्रामको फुटसलमा २८ विद्यालयको भिडन्त

भक्तपुर, पुष ५। विद्यालय स्तरमै दक्ष खेलाडि तथा खेलसँग सम्बन्धित जनशक्ति उत्पादन गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले विगतका वर्षहरुमा झैं यसवर्ष पनि पाँच दिने विविध खेलहरुको प्रतियोगिता संचालन गरेर खेल महोत्सव पुष ५ गतेबाट ९ गते सम्म गर्दै आएको छ । सोही महोत्सवमा भनपा ४ वडा खेलकुद समितिको संयोजनले ३ दिने फुटसल महासंग्राम अन्तर्गत बुधबारबाट सुटरस् फुटसल राम मन्दिरमा फुटसल प्रतियोगिता सुरु हुने भएको छ । सो प्रतियोगितामा भक्तपुर नगरका १० सामुदायिक, १३ संस्थागत तथा १ सैनिक महाविद्यालय गरी जम्मा २८ वटा विद्यालयले आफ्नो जित सुरक्षित गर्न एक आपसमा प्रतिस्पर्धा गर्ने ४ वडा खेलकुद समितिका संयोजक इन्द्र राजलवटले जनाएको छ । सोही प्रतियोगिताको पहिलो दिन आज पुष ६ गते २८ वटै सहभागी विद्यालयको २० वटा खेल सहित क्वाटर फाइनलसम्मका खेलहरु हुनेछ । दोश्रो पुष ७ गतेका दिन सेमीफाइनल खेल र तेश्रो दिन ८ गते फाइनल खेल हुने उहाँले बताउनुभएको छ ।

Comments