प्रथम हिसान भक्तपुर बास्केटबल प्रतियोगिता -२०७९ र बधाई तथा सम्मान कार्यक्रम सम्पन्न
पुष ३, २०७९, आइतबार | दिउँसो ०२:३४ बजे | 35
हिसान भक्तपुरकाे आयाेजना र माेडर्न स्कुल /कलेज, सृजना नगर भक्तपुरको संयाेजन र सहकार्यमा माेडर्न स्कुल/कलेज सृजना नगरकाे बास्केटबल खेल मैदानमा पाैष २ र ३ गते प्रथम हिसान भक्तपुर +२ कलेज/स्कुल बास्केटबल प्रतियोगिता २०७९ भव्यताका साथ सम्पन्न भएको छ । भक्तपुर खेलकुद विकास समितिकाे अध्यक्ष दिपक थापाबाट पाैष २ गते उद्घाटन गरेर शुरू भएका खेलहरू फाइनल खेल र पुरस्कार वितरण कार्यक्रम पाैष ३ गते वागमती प्रदेश सभाको सदस्य भक्तपुर क्षेत्र नं १ ख का श्री सुरेन्द्र राज गाेसाईंकाे प्रमुख अतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम गरेर विजयी र सहभागी खेलाडी र टिमहरूलाई प्रमाणपत्र , टक्मा र सिल्डबाट सुशाेभन गरेर पुरस्कारहरू वितरण गरियो । यस प्रतियोगिताकाे छात्रामा काठमाडौं वर्ल्ड स्कुल प्रथम, जनप्रेमी स्कुल/कलेज दाेस्राे र माेडर्न स्कुल/कलेज तेस्रो भए । यसैगरी छात्रमा काठमाडौ वर्ल्ड स्कुल प्रथम, सिवर्ड इन्टरनेशनल कलेज दाेस्राे र जनप्रेमी स्कुल र कलेज तृतीय भए । प्रतियोगिताकाे सर्वाेत्कृष्ट खेलाडी छात्रा र छात्र दुवैमा काठमाडौ वर्ल्ड स्कुलका छात्रा साेच्छण्डिका गिरी र सामर्थ्य शाहले उपाधी जित्न सफल भए । यसै कार्यक्रममा हालै सम्पन्न २०७९ सालकाे चुनावमा वाग्मती प्रदेश भक्तपुर क्षेत्र नं १ ख बाट अत्याधिक बहुमतका साथ पुनः निर्वाचित हुन सफल प्रदेश सभा सदस्य श्री सुरेन्द्र राज गाेसाईंलाई हिसान भक्तपुर र माेडर्न स्कुल/कलेजले बधाई एवम् शुभकामना कार्यक्रम गरि सम्मान पनि गरिएको जानकारी हिसान भक्तपुरका अध्यक्ष अनिल कस्पाल र हिसान भक्तपुर अतिरिक्त क्रियाकलाप संयाेजक केशर खुलालले जानकारी दिनुभयो ।