भक्तपुरमा ग्रासरुट फुटसल सुरु


पुष २, २०७९, शनिबार | दिउँसो ०३:०७ बजे | 50


भक्तपुरमा ग्रासरुट फुटसल सुरु

भक्तपुर । सिद्धि मेमोरियल भक्तपुर फुटसल क्लवको आयोजनामा शनिबारदेखि भक्तपुरको महेश्वरी खेल मैदानमा ग्रासरुट फुटसल (ससाना बालबालिकाहरुको लागि फुटबल) सुरु भएको छ । प्रतियोगिताको उदघाटन बागमति प्रदेश सांसद सुरेन्द्रराज गोसाईले एक कार्यक्रमवीच गरे । 
आयोजक सिद्धि मेमोरियल भक्तपुर फुटसल क्लवका अध्यक्ष राम प्रजापतिका अनुसार फुटसल प्रत्येक हप्ता शनिबार शनिबार विहान विहान हुने छ । फुटसलमा हालसम्म जिल्लाका १६ वटा स्कुलहरुबाट सहभागिता जनाएको उनले जनाए । 
स्कुलका आठ, दस र १२ वर्ष मुनिका बालबालिकाहरुलाई खेलाइने जानकारी उनले गराए । यो खेल असार महिनासम्म चल्ने जानकारी उनले गराए । बालबालिकाहरुलाई फुटबलसँंग नजिक बनाई भविष्यमा राम्रो फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको उनले जानकारी गराए । 
कार्यक्रममा सिद्धि मेमोरिय अस्पतालका अध्यक्ष एवं आयोजक टिमका संरक्षक श्यामसुन्दर धौभडेलले भक्तपुरको फुटबलको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा धौभडेलको ७० औ जन्मदिन पनि मनाइएको थियो । त्यस अवसरमा ठूलो केक काटेर सहभागी सवै बालबालिकाहरुलाई पनि वितरण गरिएको थियो । 
कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, फुटबलका राष्टिय किपर विकोश कुथूलगायतले पनि आआफनो धारणा राखेका थिए । 

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरमा ग्रासरुट फुटसल सुरु

Comments