हिसान भक्तपुर २ कलेज र स्कुल बास्केटबल प्रतियोगिता २०७९ को उद्घाटन
पुष २, २०७९, शनिबार | विहान ११:३७ बजे | 0
भक्तपुर - हिसान भक्तपुरको आयोजना र मोडर्न स्कुल र कलेज, सृजना नगर भक्तपुरको संयोजन र सहकार्यमा मोडर्न स्कुलरकलेजको बास्केटबल मैदानमा आज पौष २ गते हिसान भक्तपुर २ कलेज र स्कुल बास्केटबल प्रतियोगिता २०७९ को उद्घाटन भक्तपुर खेलकुद विकास समितिको अध्यक्ष दिपक थापा र हिसान भक्तपुरको अध्यक्ष अनिल कस्पाल, काठमाडौं वर्ल्ड स्कुलका प्रिन्सिपल र हिसान भक्तपुरको अतिरिक्त क्रियाकलाप संयोजक केशर खुलाल र जनप्रेमी स्कुलरकलेजका प्रिन्सिपल निलेश आचार्यले संयुक्तरूपमा गर्नुभयो ।
यस प्रतियोगितामा हिसान भक्तपुर आवद्ध स्कुल र कलेजबाट छात्र र छात्रा १४ टिमहरू सहभागी छन् । फाइनल खेल र पुरस्कार वितरण कार्यक्रम पौष ३ गते वागमती प्रदेश सभाको सदस्य भक्तपुर क्षेत्र नं १ ख का श्री सुरेन्द्र राज गोसाईंको प्रमुख अतिथ्यतामा हुनेछ ।