नेशनल प्याब्सन भक्तपुरको फुटसलमा ८/८ विद्यालय क्वाटरफाइनमा प्रवेश


मंसिर २६, २०७९, सोमबार | दिउँसो ०१:०० बजे | 15


नेशनल प्याब्सन भक्तपुरको फुटसलमा  ८/८ विद्यालय क्वाटरफाइनमा प्रवेश

भक्तपुर, मंसिर २६ः नेशनल प्याब्सन भक्तपुरको आयोजनमा आज देखि जिल्लाव्यापी अन्तर विद्यालय फुटसल प्रतियोगिता-२०७९, संस्थाका जिल्ला अध्यक्ष संजय खड्काले बल हस्तान्तरणद्वारा खेल उदघाटन गरी संचालन भएको छ । माध्यमिक र आधारभूत दुवै तहको एक/एक खेल समूहले एक आफसमा प्रतिस्पर्धा गरेका उक्त फुटसल प्रतियोगितामा आधारभूत तहमा १६ विद्यालय र माध्यमिक तहमा १४ विद्यालयले समूह चरणका खेलहरु खेलेका थिए ! मंसिर २७ गते हुने क्वाटरफाइनल खेलमा माध्यमिक तहबाट मदरल्याण्ड स्कूल विरुद्ध युनिटी स्कुल, डेमोस स्कुल विरुद्ध आरक्षण नेशनल स्कुल, ईडेन गार्डेन विरुद्ध एस एस सदन स्कुल र विमल मेमोरियल स्कुल विरुद्ध क्वालिटी स्कुल प्रतिस्पर्धा गर्नेछन् ! साथै आधारभूत तहबाट पारागन स्कुल विरुद्ध पारिजात विद्याकुन्ज स्कुल, मदरल्याण्ड स्कुल विरुद्ध डेमोस स्कुल, विमल मेमोरियल स्कुल विरुद्ध युनिटी स्कुल र ईडेन गार्डेन स्कुल विरुद्ध क्वालिटी स्कुलले क्वाटरफाइनलमा सामना गर्ने जानकारी कार्यक्रमका संयोजक सुमन शिल्पकारले बताउनु भयो ! सेमिफाइनल र फाइनलका खेलहरु पनि भोली नै सम्पन्न हुने एवं विजयी खेल समूहलाई मेडल तथा ट्रफी प्रदान गरी कार्यक्रम समापन गरिने जानकारी संस्थाका सचिव जयप्रकाश राईले बताउनु भयो ।

Comments