नेशनल प्याब्सन भक्तपुरको फुटसल मंसिर २६ र २७ मा


मंसिर २५, २०७९, आइतबार | दिउँसो ०१:३१ बजे | 10


नेशनल प्याब्सन भक्तपुरको फुटसल मंसिर २६ र २७ मा

भक्तपुर, मंसिर २५ः नेशनल प्याब्सन भक्तपुरको आयोजनमा यहि मंसिर २६ र २७ गते जिल्लाव्यापी अन्तर विद्यालय फुटसल प्रतियोगिता-२०७९, सुनपा ८ कांलाचा स्थित हेल्थी फुटसलमा संचालन हुदैछ । माध्यमिक र आधारभूत दुवै तहको एक/एक खेल समूहले आफसमा प्रतिस्पर्धा गर्ने उक्त फुटसल प्रतियोगितामा आधारभूत तहमा १६ विद्यालय र माध्यमिक तहमा १४ विद्यालयले खेल खेल्नेछन् ! मंसिर २६ गते लिक चरणका सबै खेलहरु सम्पन्न हुने र मंसिर २७ गते क्वाटरफाइनल, सेमिफाइनल र फाइनलका खेलहरु सम्पन्न हुने जानकारी नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले दिनु भयो ! साथै सोहि दिन विजयी प्रथम-१ खेल समूह, द्धितीय-१ खेल समूह र तृतीय-२ खेल समूहलाई मेडल तथा ट्रफी प्रदान गरी कार्यक्रम समापन गरिने समेत बताउनु भयो

Comments