हिसान भक्तपुर +२ कलेज/स्कुल फुटसल प्रतियोगिता २०७९ सम्पन्न


मंसिर २०, २०७९, मङ्गलबार | विहान ०८:३६ बजे | 0


हिसान भक्तपुर +२ कलेज/स्कुल फुटसल प्रतियोगिता २०७९ सम्पन्न

हिसान भक्तपुरकाे आयाेजना र काठमाडौं वर्ल्ड स्कुल गुण्डु भक्तपुरको संयाेजन र सहकार्यमा काठमाडौं वर्ल्ड स्कुलकाे फुटसल मैदानमा मंसिर १८ गते भएकाे एकदिवसीय हिसान भक्तपुर +२ कलेज/स्कुल फुटसल प्रतियोगिता २०७९ सम्पन्न भएको छ ।
यस प्रतियोगितामा आदर्श जनप्रेमी प्रथम , काठमाडौं वर्ल्ड स्कुल दाेस्राे र विनायक शिक्षा निकेतन तेस्रो हुन सफल भएका छन । यस प्रतियोगितामा कक्षा ११र १२ अध्ययनरत हिसान भक्तपुर स्कुल/कलेजका आठ विद्यालयका एघार टिमको सहभागिता थियो ।
विजयी खेलाडीहरूलाई सूर्यविनायक नगरपालिकाका उपमेयर सरिता तिम्सिना भट्टराईद्वारा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरियो । प्रतियोगितामा सर्वाेत्कृष्ट गाेलकिपर काठमाडौं वर्ल्ड स्कूलका समान्त मस्कान शाक्य र सर्वाेत्कृष्ट खेलाडी आदर्श जनप्रेमी स्कुलका बिलभ तामाङ हुन सफल भएका छन् ।
कार्यक्रममा हिसान भक्तपुरका अध्यक्ष तथा माेडर्न स्कुल र कलेजका प्रिन्सिपल अनिल कस्पाल, उपाध्यक्ष तथा सनसाइन स्कूलका प्रिन्सिपल निरू ढकाल,काठमाडौं वर्ड स्कूलका प्रमुख कार्यकारी निर्देशक तथा अवकाशप्राप्त रथी सरद गिरी , हिसान भक्तपुरका अतिरिक्त क्रियाकलाप संयाेजक तथा काठमाडौं वर्ल्ड स्कूलका प्रिन्सिपल केशर खुलाल, भक्तपुर प्याब्सनका पूर्व अध्यक्ष र वर्तमान प्रमुख सल्लाहकार तथा भक्तपुर निष्टका प्रमुख कार्यकारी निर्देशक चन्द्र अधिकारी , प्याब्सन मध्यपूर नगर कमिटीका अध्यक्ष र आदर्श जनप्रमी स्कुल र कलेजका प्रिन्सिपल निलेश आचार्य र स्कुलहरूका सहायक प्रिन्सिपलहरू, संयाेजकहरू, काेचहरू, व्यवस्थापकहरू, काठमाडौं वर्ल्ड स्कुलका स्वयंसेवकहरू र अन्य दर्शकहरूकाे उपस्थिति थियो ।

Comments