विनायक शिक्षा निकेततया फुटसल


कार्तिक २८, २०७९, सोमबार | विहान ०६:३७ बजे | 25


विनायक शिक्षा निकेततया फुटसल

आईतवार +2 तहको अन्तर-सदन फुटसल प्रतियोगिताको आयोजना गरिएको छ । विजयी टिमहरूलाई हिसान, भक्तपुरकाअध्यक्ष श्री अनिल कसपालले मेडल, प्रमाण-पत्र र मायाको चिनो वितरण गर्दै विद्यार्थीहरुले शारीरिक, मानसिक तथा सामाजिक विकासमा खेलकुदको महत्वपूर्ण भूमिका हुने बताउनु भयो । +2 संयोजक श्री तुल्सीहरि प्रजापतिको संयोजकत्वमा सम्पन्न उल प्रतियोगिताको समापन कार्यक्रम शिक्षक श्री सालिकराम ओलीले सञ्चालन गर्नु भएको थियो र रेफ्रीको भूमिकामा श्री मदन खत्री रहनु भएको थियो । सो प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकको क्रमश उपाधि क्रमश: रोहन खड़गी, विशाल गुरुडु र रूविज केसीले हात पारेका थिए । कार्यक्रमा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरूलाई धन्यवाद दिँदै सभापति तथा विद्यालयका संस्थापक प्रधानाध्यापक श्री सुरेन्द्र विक्रम प्रजापतिले खेलकुदबाट पनि विद्याथीहरूले आफ्नो करिअर तथा भविष्य निर्माण गर्न सकिने बताउनु भयो ।

Comments