पाँचौं ताम्रकार फूटसलको लिग चरण समाप्त


कार्तिक २०, २०७९, आइतबार | विहान ०२:२९ बजे | 0


पाँचौं ताम्रकार फूटसलको लिग चरण समाप्त

खेलकूदको माध्यमबाट समाजमा भाइचाराको अभिवृद्धि गर्न एवं समाजमा सकारात्मक परिवर्तनको उद्देश्यका साथ ताम्रकार समाजले विगत केहीवर्षदेखि नियमित रुपमा गर्दैआइरहेको ताम्रकार फूटसल प्रतियोगिताको पाँचौं संस्करण यसवर्ष यही कात्र्तिक १९ गते शनिबारदेखि शुरु भएका छन । थापाथली स्थित टे«ड टावरमा अवस्थित द ब्रिटिस कलेजले मुख्यप्रायोजन गरेको उक्त प्रतियोगिताको उदघाटन समाजका निवर्तमान अध्यक्ष रविन्द्रराज ताम्रकार एवं कलेजका प्रशाशकीय प्रमुख अमरदीप मण्डलले संयुक्त रुपमा गरेका थिए । सानेपा स्थित फिल्ड फूटसल ग्राउण्डमा भइरहेको उक्त प्रतियोगितामा विभिन्न आठवटा उद्योग र कम्पनीहरुले टिमको प्रायोजन गरेका छन् । प्रायोजन गरेका कम्पनी कै नामबाट टिमको नाम कायम गरिएको प्रतियोगितामा ललितपुरका विभिन्न समाजका साठी भन्दाबढी खेलाडीहरुले सहभागीता जनाइरहेका छन ।

शनिवार भएको लिग चरणका खेलहरुमा ओरियन इलेक्ट्रीकलले दिल ह्याण्डीक्राफ्ट र टेकम्याकस डिजिटल सलुसनलाई पराजित गरी सेमिफाइनलमा स्थान सुरक्षित गरेका छनभने वि.के.सुनचांदी पसलले भैरवनाथ आइरण इण्डष्ट्रीलाई पराजित एवं श्रीनन्द मिठाई भण्डार र मेडस् मार्ट फार्मेसी संग बराबर खेलि सेमिफाइनल प्रवेश गरेका छन । त्यस्तै आर्ट फेसन नेपालले ओरियन इलेक्ट्रीकललाई पराजित एवं टेकम्याकस डिजिटल सलुसन र दिल ह्याण्डीक्राफ्टसंग बराबर खेलि सेमिफाइनल पुगेका छन भने मेडस् मार्ट फार्मेसीले भैरवनाथ आइरण इण्डष्ट्री र ,श्रीनन्द मिठाई भण्डारलाई पराजित र वि.के.सुनचांदी पसलसंग बराबरी गरी सेमिफइनल प्रवेश गरेका छन ।

यही कात्र्तिक २६ गते शनिबारहुने सेमिफाइनल एवं फाइनलमा विजेता तथा उपविजेता टोलीले आकर्षक ट्रफी, मेडलका साथै नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताकालागी करीब साढे आठलाख जति खर्चलाग्ने अनुमान छ । ताम्रकार समाजको युवा तथा खेलकूद उपसमितिबाट आयोजित यस प्रतियोगितामा अण्डर १४, महिला खुल्ला तथा भेट्रान टिमले पनि प्रतिस्प्रधा गर्नेछन् । यस प्रतियोगिताका अन्य प्रायोजकहरुमा सिभिल बैंक, प्रभु बैंक, सम्झना ल्याबोरेटरी क्लिनिक, प्रभु क्यापिटल, म्याक डेकोर, उत्तम चिया, भिजनस् नेपाल, यासुदा, धातु स्टोर, जुजु वेयर्स, ब्रिट्यानिया आदी रहेका छन् । ललितपुर नगरमा ताम्रकार फूटसल एक ब्राण्डको रुपमा स्थापित भईसकेको अवस्थामा यस द ब्रिटीस कलेज पाँचौें ताम्रकार फूटसल प्रतियोगिता २०२२को बारेमा तपांइहरुको लोकप्रिय संचार माध्यमहरुबाट ब्यापक रुपमा प्रचारप्रसार गरीदिनु भई सहयोग गरीदिनुहुन हार्दिक अपील गर्दछौं ।

Comments