पाँचौं ताम्रकार फुटसल प्रतियोगिता २०२२ हुने


कार्तिक १३, २०७९, आइतबार | दिउँसो ०२:५१ बजे | 0


पाँचौं ताम्रकार फुटसल प्रतियोगिता २०२२ हुने

काठमाडौं । खेलकूदको माध्यमबाट समाजमा भाइचाराको अभिवृद्धि गर्न एवं समाजमा
सकारात्मक परिवर्तनको उद्देश्यका साथ ताम्रकार समाजले विगत वर्षदेखि
नियमित रुपमा गर्दैआइरहेको ताम्रकार फूटसल प्रतियोगिताको पाँचौं संस्करण
यस वर्ष यही कात्र्तिक १९ गते शनिबार र २६ गते शनिबारका दिन सानेपा स्थित
फिल्ड फूटसल ग्राउण्डमा हुने भएको छ । ललितपुरका विभिन्न समाजका
खेलाडीहरुको सहभागी रहने विगत चार संस्करण सफलता पूर्वक सम्पन्न गरे
पश्चात पाँचौं संस्करणको प्रतियोगिताको लागी थापाथली स्थित टे«ड टावरमा
अवस्थित द ब्रिटिस कलेजले मुख्य प्रायोजन गरेका छन्।
 ताम्रकार फूटसलको पाँचौं संस्करणमा विभिन्न आठवटा उद्योग र
कम्पनीहरुले टिमको प्रायोजन गरेका छन्। प्रायोजन गरेका कम्पनी कै नामबाट
टिमको नाम कायम रहने उक्त प्रतियोगितामा ललितपुरका विभिन्न समाजका
साठी भन्दा बढी खेलाडीहरुले सहभागीता जनाउने छन् । टिम प्रायोजन गर्ने
उद्योग र कम्पनीहरुमा वि.के.सुन चांदी पसल, भैरवनाथ आइरण इण्डष्ट्री, दिल
ह्याण्डीक्राफ्ट, मेडस्मार्ट फार्मेसी, श्री नन्द मिठाई भण्डार, आर्ट फेसन नेपाल,
ओरियन इलेक्ट्रीकल, टेकम्याकस डिजिटल सलुसन रहेका छन्। भैरवनाथ आइरण
इण्डष्ट्री गत संस्करणका विजेता हुन्। विजेता तथा उप विजेता टोलीले आकर्षक
ट्रफी, मेडलका साथै नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताका लागी करीब
साढे आठ लाख जति खर्च लाग्ने अनुमान छ ।
 ताम्रकार समाजको युवा तथा खेलकूद उपसमितिबाट आयोजित यस
प्रतियोगिताको लागी प्रायोजित कम्पनीहरुबाट खेलाडी छनौट, जर्सी वितरण,
प्राक्टीस म्याच, प्रमोस्नल भिडियो प्रकाशन लगायतका कार्यहरु भइसकेका छन्।
उक्त प्रतियोगिता अवधिमा अण्डर १४, महिला खुल्ला तथा भेट्रान टिमले पनि
प्रतिस्प्रधा गर्ने छन्। यस प्रतियोगिताका अन्य प्रायोजकहरुमा सिभिल बैंक, प्रभु
बैंक, सम्झना ल्याबोरेटरी क्लिनिक, प्रभु क्यापिटल, म्याक डेकोर, उत्तम चिया,
भिजनस्नेपाल, यसुधा, धातु स्टोर, जुजु व्येर्स र ब्रिट्यानिया रहेका छन्। त्यस्तै
मिडिया सहयोगीको रुपमा हाम्रो खेलकूद अनलाइन, रेडियो उपत्यका,
हरप्रहर.कम, लहना संचार रहेका छन्। ललितपुर नगरमा ताम्रकार फूटसल एक
ब्राण्डको रुपमा स्थापित भईसकेको छ ।

Comments