जिल्लाव्यापी देउसी भैलो रनिड्ड शिल्ड प्रतियोगिता सम्पन्न
कार्तिक ४, २०७९, शुक्रबार | विहान १०:१३ बजे | 50
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुभ दीपावली २०७९, नेपाल सम्बत् ११४३ र छठ पर्वको उपलक्ष्यमा आयोजित इष्ट पोइन्ट एकेडेमीद्वारा आयोजित देउसी भैलो प्रतियोगिताको शुक्रबार विद्यालय प्राड्डणमा दीप प्रज्ज्वलन गरी बिहिबार उद्घाटन गर्नुभयो ।
प्रमुख अतिथि प्रजापतिले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै भक्तपुर नगरपालिकाले निरन्तर रुपमा सम्पदा संरक्षण सँगसँगै कला र सँस्कृतिको संरक्षण गरिरहेको अवगत गराउनुहुँदै भनपाले नगरभित्रका ९२ वटै विद्यालयहरुमा कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गरी विद्यार्थीहरुलाई कला,संस्कृति र सम्पदा सम्बन्धी ज्ञान दिन खोजिरहेको बताउनुभयो ।
उहाँले नेपालमा पार्टी प्यालेस लगायत विभिन्न क्षेत्रमा विदेशी सँस्कृतिलाई भिœयाई साँस्कृतिक अतिक्रमण भइरहेको चर्चा गर्नुहुँदै शासक दलका नेताहरुले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने तथा नागरिकता विधेयक पास गरी देशलाई सिक्किमीकरण गर्न खोजीरहेको हुँदा जनता सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नपाले नगरक्षेत्रमा विद्यालयहरुमा साँस्कृतिक गुरुहरुलाई पठाई विद्यार्थीहरुलाई अध्ययन अध्यापन सँगसँगै साँस्कृतिक गतिविधिमा अगाडि बढाउन खोजिरहेको बताउनुहुँदै इष्ट पोइन्ट एकेडेमीले निरन्तर रुपमा देउसी भैलो प्रतियोगिता सञ्चालन गरी देशको साँस्कृतिक पहिचान बचाउन गरेको प्रयत्नको लागि आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा विशेष अतिथि सप्तरी जिल्लाका न्यायाधीस लालकाजी श्रेष्ठले नेपाल विभिन्न जात जाती र धर्म सँस्कृति मान्ने थलो भएको हुँदा धार्मिक सहिष्णुता र एक आपसमा सद्भाव रहीआएको चर्चा गर्नुहँुदै कार्यक्रमले साँस्कृतिक जगेर्ना गर्नुका साथै नेपालीहरु बीच सौहार्दता कायम हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति एवं विद्यालयका संस्थापक प्रिन्सिपल रमेशचन्द्र श्रेष्ठले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुहुँदै विद्यालयहरुबीचको अन्तरसम्बन्ध कायम गर्न र विद्यार्थीहमा अन्तरनिहित प्रतिभा प्रस्फुटनको लागि विद्यालयले कोभिडको संक्रमणकालीन अवस्थाको ३ वर्ष बाहेक उपत्यकामै पहिलोपल्ट २०६५ सालदेखि देउसी भैलो कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा प्याब्सनको तर्पmबाट भक्तपुर नगर प्याब्सनका सल्लाहकार भक्तराजभण्डारी, निर्णायकहरुको तर्पmबाट जीवन ढुड्डाना र शिक्षिकाद्वय मनि भैल र देवकी लामिछानेले कार्यक्रमको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिलाई सभापति एवं प्रिन्सिपल श्रेष्ठले विद्यालयको तर्पmबाट मायाको चिनो प्रदान गर्नुभएको थियो ।
उक्त प्रतियोगितामा भक्तपुर जिल्लास्थित इष्ट पोइन्ट एकेडेमी, सीभीएम सेकेण्डरी स्कूल, एडभान्स एकेडेमी स्कूल, सनसाइन नेशनल स्कूल, क्रियटिभ लनर्स सेकेण्डरी स्कूल, महेन्द्र विद्याश्रम, एभरेष्ट ईड्डलिश स्कूल, विनायक शिक्षा निकेतन र सूर्योदय सेकेण्डरी स्कूलका १० वटा टिमले देउसी भैलो कार्यक्रममा सहभागिता जनाएको थियो ।