कोरा भक्तपुरमा युवाहरूको आकर्षण ः भक्तपुरका स्टार्ट अप्सहरूमा अफरको वर्षा –साइकलिङ गेयर्सदेखि साइकलसम्म जित्न सकिने


असार २७, २०७९, सोमबार | विहान १०:०१ बजे | 25


कोरा भक्तपुरमा युवाहरूको आकर्षण ः भक्तपुरका स्टार्ट अप्सहरूमा अफरको वर्षा –साइकलिङ गेयर्सदेखि साइकलसम्म जित्न सकिने

भक्तपुर । विश्वव्यापीरूपमा यही जुलाई १६मा आयोजना हुने कोरा साइकलिङ च्यालेन्जको भक्तपुर संस्करणले भक्तपुरमा ह्वात्तै साइकलिङ क्रेज बढाएको छ। साइकल कनेक्ट भक्तपुरको आयोजनामा ५०, ७५ र १०० कि.मिको साइकलिङ च्यालेन्जमा युवाहरूको आकर्षण बढिरहेको देख्न सकिन्छ। भक्तपुर लगायत पाटन, काठमाडौँ, तनहूँ, हेटौडा, बनेपा बाट हालसम्म १५० जना भन्दा धेरै सहभागीहरूले कोरा भक्तपुरको लागि नाम दर्ता गरिसकेका छन् भने यो अझै बढ्ने क्रममा छ।
नयाँ, रोमाञ्चक तथा मनोरम रूट भएको कारण कोरा भक्तपुरमा भक्तपुरको मात्र नभइ अन्य जिल्लाका साइलिस्टहरू पनि आकर्षित भएको र यो मौकामा भक्तपुरका स्टार्टअपहरूले विभिन्न अफर पनि दिएकोले अझ धेरै प्रचार हुन गएको साइकल कनेक्टका अध्यक्ष सुमित बाला बताउनु हुन्छ।
कोरा भक्तपुरमा सहभागी हुन चाहने तर आफ्नो साइकल नहुने इच्छुकहरूलाई जुजु बाइक्सले साइकल रेन्टमा ५०% छुटको व्यवस्था गरेको छ। साथै यसका सहभागीहरूलाई ताम्राकार कर्पोरेट ग्रुपबाट हरेक किचेन तथा होम एप्लायन्समा १७% छुटको “मिठो अफर” ल्याएको छ। ग्रीनवे साइकलिङ एपले कोराको सहभागीहरू मध्य एक जना भाग्यशालीलाई साइकल उपहारको व्यवस्था गरेको छ भने ह्यास वान एडभनेन्चर तथा जुजु बाइक्सले विभिन्न साइकलिङ गेयर्सको गिभ–अवे कन्टेस्ट आयोजना गरिरहेको छ। एस.जि.एल नेपालले लजिस्टिक्स तथा डेलिभरीमा ३०% छुटको व्यवस्था यही मौकामा गरेको छ। प्याङ्क बाइक तथा टिसर्ट नेपालले प्रथम १०० जना दर्ता भएका सहभागीहरूलाई विशेष “साइकलिङ बफ” उपहार दिनेछ।
बढ्दै गएको साइकलिङ क्रेजलाई मध्यनजर राख्दै भक्तपुरका विभिन्न व्यवसायी पनि उत्साहित भएर यस च्यालेन्जलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न जुटेका छन्। भिलेज हाइल्यान्ड रिसोर्ट रानीकोट, नेपाल इको प्यानेल, एस.के. हार्डवेयर, हेभन हिल रिसोर्ट तेलकोट, साइन उडन, अपग्रेड कन्सल्टेन्सी, डेकोर डि डिजाइनर्स, गणेश इलेक्ट्रिक, देशेमरु कन्स्ट्रकशन,  साकार फिड, जुरल लिगल कन्सल्टेन्सीले यस कार्यक्रममा सहयोग गरिरहेका छन्।
त्यसै गरी संयुक्त सहकारी, नसन्चा सहकारी, जेसिज भक्तपुर, लियो क्लब अफ सुर्यबिनायक र नेपाल रेडक्रस सोसाइटी, बास्टोला गाउँ कम्यूनिटी होम स्टेटले कार्यक्रमको सफलताको लागि सहकार्य गरिरहेका छन्।

Comments