कोरा साइकलिङको लागि तातियो भक्तपुर ः तयारी अन्तिम चरणमा, नेपाल इको प्यानेल पनि जोडियो


असार २३, २०७९, बिहीबार | विहान ०६:०४ बजे | 105


कोरा साइकलिङको लागि तातियो भक्तपुर ः तयारी अन्तिम चरणमा, नेपाल इको प्यानेल पनि जोडियो

सन् २०११ मा काठमाडौँबाट शुरू भइ नेपाल सहित सिंगापुर, भारत, अस्ट्रेलिया, स्वीजरल्यान्ड, हङकङ लगायत विदेशमा पनि साइकल प्रेमीहरूमा माझ लोकप्रिय हुदै गएको कोरा साइकलिङ च्यालेन्जको लागि भक्तपुर पनि तातिएको छ। गत वर्ष पनि साइकल कनेक्ट भक्तपुरको आयोजनामा कोरा भक्तपुर आयोजना गरिएको थियो जसमा ५० जना सहभागीहरूले ५० कि.मी. साइकलिङ चुनौती पार गरेका थिए। यो वर्ष पनि यही जुलाइ १६ तारिखमा विश्वभर आयोजना हुने कोरा च्यालेन्ज, भक्तपुरमा साइकल कनेक्ट भक्तपुरको नेतृत्वमा आयोजना हुन गइरहेको छ। यस च्यालेन्जमा सहभागीहरूले ५० कि.मि, ७५ कि.मि. र १०० कि.मि. साइकल चलाउनेछन्। साइकल प्रमीहरूको महामेला कोरा साइकलिङ च्यालेन्जको दौरान साइकल कनेक्टले भक्तपुरलाई एक राष्ट्रिय तथा अन्तराष्ट्रिय साइलिङ गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने जमर्को गरेको आयोजकले बताएका छन्। यस उदेश्यको प्रवर्द्धको लागि वातावरण मैत्री निर्माण सामाग्री निर्माता कम्पनी नेपाल इको प्यानेलले निरन्तररूपमा पनि हातेमालो गर्ने भएको छ।

शुरूवाति सहभागीहरूको लागि ५० कि.मि. को रूट भक्तपुर दरबार क्षेत्रबाट शुरू भइ  निलबाराही पुगेर, बहाका बजार, शंखद्धर चोक, किवाचोक, गुण्डू, सुर्यविनायक, सिपाडोल, मालिगाँउ बाट नलिन्चोक, ताथली, सुडाल, जीतपुर हुदै पुनः दरबार स्वायर आएर टुंगिनेछ। त्यसै गरी ७५  कि.मि. र १०० कि.मि को यात्रा भक्तपुर दरबार स्वायरबाट शुरू भइ निलबाराहीबाट दुवाकोट, चांगुनारायण, त्रिशूल डाँडा, तेलकोट, नगरकोट, ल्हासापाको थाकलमाथ, खावा, नालाछाप, लतलम्बेश्वर, साँगा, रानीकोट, अन्नतलिंगेश्वर, बालकोट, सानोथिमी हुदै पुनः भक्तपुर दरबार क्षेत्रमा आएर टुंगिनेछ। ७५ कि.मीको रूट नगरकोटबाट थाकलमाथ आउँदा बोजिनीबाट कल्पेश्वर महादेव हुदै खावामा झर्नेछ भने १०० कि.मिङको रूट बोजिनीबाट भंगेरी डाँडा – चरेली– ल्हासापाको हुदैँ खावा निस्कनेछ। पुनः ७५ कि.मि को यात्रा सांगाबाट – काक्राबारी – मालिगाउँ हुदै सुर्यविनायक– किवाचोक– बालकोट– थिमी तर्फ जानेछ भने १०० कि.मीको यात्रा साँगा, खालचोक, रानीकोट हुदै गुण्डु – सिरूटार– कौशलटार– लोकन्थली– सानोथिमी हुदै भक्तपुर दरबार स्वायर पुगरे टुंगिनेछ।

हालसम्म कोरा भक्तपुरको लागि भक्तपुर लगायत बनेपा, ललितपुर, काठमाडौँ, पोखरा, मकवानपुर, नुवाकोट, तनहुँ लगायतका जिल्लाबाट ८० जना भन्दा धेरैले नाम दर्ता गराइसकेका छन् जसमा ४० जनाले ५० कि.मि ४० जनाले ७५ र १०० कि.मि. को चुनौतीको लागि आफ्नो नाम दर्ता गरेका छन्। अन्तिम हप्ता धेरैले नाम दर्ता गराउने हुँदा करिब १५० जना साइकल यात्रीहरूले यसपाली कोरा भक्तपुरमा सहभागिता जनाउने आयोजकले जनाएका छन्।

च्यारिटी साइकलिङको रूपमा शुरूवाट भएको कोरा च्यालेन्जमा नेपाल भरी विभिन्न शहरमा करिब ५ हजार साइकल प्रेमीहरू सहभागी हुने आंकलन गरिएको छ। यस वर्षको कोरा साइकलिङ च्यालेन्जमा साइकलिङ प्याराएथलिट स्व. यमलाल रसाइलीको परिवारको लागि सहयोग उठाउने मुख्य उदेश्य रहेको छ।

Comments