वातावरण संरक्षण मञ्च भक्तपुरद्वारा प्लाष्टिकबाट ढकी बुनाई तालिम


असार २०, २०८३, शनिबार | राति ०९:२४ बजे | 65


वातावरण संरक्षण मञ्च भक्तपुरद्वारा प्लाष्टिकबाट ढकी बुनाई तालिम

भक्तपुर, असार २१ । वातावरण संरक्षण मञ्च भक्तपुरको आयोजनामा संचालन भएको दुई दिने खेर जाने प्लाष्टिकबाट ढकी बुनाई तालिम शनिवार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि तथा आयोजक मञ्चका अध्यक्ष अध्यक्ष न्हुछे बहादुर प्रजापतिले घरबाट फोहोरको रुपमा निस्किने प्लाष्टिकलाई विभिन्न उपयोगी घरेलु सामाग्री बनाएर व्यावसायिक रुपमा अगाडि बढेमा आम्दानीसँगै जलबायु तथा वातावरण प्रदुषण नियन्त्रण गर्न महिलाहरु तालिमबाट सकृय हुने बताउनुभयो । सह आयोजजक कौशलटार महिला साकोसका सावित्री थापाले तालिमले घरबाट निष्काशन हुने प्लाष्टिकको सही घरायसी उपयोगका सामान बनाउन सके वातावरणनै सफा हुने बताउनुभयो । मञ्चका संस्थापक अध्यक्ष जयराम थापाले मञ्चले विभिन्न समयमा गदैं आएको गतिविधिको जानकारी दिँदै तालिमको महत्वबारे आफ्नो विचार व्यक्त गर्नुभयो । तालिमका प्रशिक्षक सरस्वती भेलेले खेर गएका प्लाष्टिकबाट घरायसी सामान बनाउँदा सामानले उचित मूल्य पाउने तथा रोजगारि ग्यारेण्टिका लागि कामलाई निरन्तरता दिन जोड दिनुभयो । मञ्चका उपाध्यक्ष सहना पसखल तथा प्रशिक्षार्थी हरिलक्ष्मी श्रेष्ठलगायतले बोल्नुभएको उक्त तालिममा २५ जना महिलाहरुको सहभागिता रह्यो । तालिम संचालनको लागि नारी सेवा बचत तथा सहकारी संस्था तथा कौशलटार महिला बचत तथा सहकारी संस्था लिमिटेडले सहयोग गरेका थिए ।

Comments