मध्यपुर स्काउटकाे रजत महाेत्सव सम्पन्न
असार २०, २०८३, शनिबार | राति ०९:२० बजे | 75
"एक बिद्यालय: एक स्काउटर, एक घर: एक स्काउट" भन्ने मुल उद्धेश्य बाेकी स्थापना भएकाे मध्यपुर स्काउटले गरिमामय रजत महाेत्सव सभ्य र भव्य रूपमा सम्पन्न गरेकाे छ । सदस्यता वृद्धि अायुक्त भुवनचरण श्रेष्ठले मध्यपुर स्काउटकाे संक्षिप्त ईतिहाससहित स्वागत मन्तव्य राख्नुभएकाे उक्त समाराेहका प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले शुभकामना मन्तव्य राख्नुहुँदै स्काउट शिक्षाकाे अावश्यता र त्यसकाे प्रभावकारिताकाे बिषयमा अाफ्नाे बिचार राख्नुभएको थियाे । मध्यपुर स्काउटलाई उर्जाशील बनाउन अार्थिक, भाैतिक तथा नैतिक सहयाेग गर्नुहुने मनकारी व्यक्तित्व तथा संघ-संस्थाहरूलाई सम्मान गरिएकाे उक्त समाराेहमा विशेष अतिथिद्वय मध्यपुर थिमि नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत भाेजराज घिमिरे तथा नेपाल स्काउटका निर्देशक अर्पण कार्कीले मध्यपुर स्काउटकाे गरिमा र सक्रियताबारे धारणा राख्नुहुँदै शुभकामना व्यक्त गर्नुभएकाे थियाे । मध्यपुर स्काउटकाे संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुहुँदै स्थानीय प्रमुख अायुक्त तुल्सीहरि प्रजापतिले स्काउटमय मध्यपुर बनाउन सहकार्य गर्नुभएका सम्पूर्ण पक्षप्रति अाभार प्रकट गर्नुभएकाे थियाे । १५ बर्ष वा साेभन्दा बढी स्काउट अभियानमा अाफूलाई समर्पित गर्नुभई नेपाल स्काउटकाे "दीर्घ सेवा पदक" प्राप्त स्काउटरहरूलाई पनि सम्मान गरिएकाे उक्त कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्णप्रति धन्यवाद मन्तव्य राख्नुहुँदै नगर उप-प्रमुख तथा प्रमुख स्काउट बिजयकृष्ण श्रेष्ठले मध्यपुर स्काउटसंग नियमित सहकार्य गर्न मध्यपुर थिमि नगरपालिका सदैव तयार रहने प्रतिवद्धता प्रकट गर्नुभएकाे थियाे । पिन वाय्ज, मध्यपुर स्काउट दर्पण, टि-सर्ट तथा रजत महाेत्सव स्तम्भकाे अनावरण गरिएकाे साे समाराेह युवा परिचालन अायुक्त सुराेज श्रेष्ठले सञ्चालन गर्नुभएकाे थियाे ।
