सेतीदेवीका पूर्व विद्यार्थीहरूले गरे उत्कृष्ठ नतिजा दिलाउने शिक्षक र कक्षा १२ का विद्यार्थीलाई सम्मान


असार २०, २०८३, शनिबार | साँझ ०४:५६ बजे | 65


सेतीदेवीका पूर्व विद्यार्थीहरूले गरे उत्कृष्ठ नतिजा दिलाउने शिक्षक र कक्षा १२ का विद्यार्थीलाई सम्मान

सिन्धुपाल्चाेक, १९ असार । चाैतारा साँगाचाेकगढी नगरपालिका वडा नं १ स्याउलेस्थित श्री सेतीदेवी माविबाट कक्षा १२ मा उत्कृष्ठ नतिजा ल्याएर पास हुने विद्यार्थी र सत् प्रतिशत नतिजा दिलाउने शिक्षकहरूलाई पूर्व विद्यार्थीहरूले सम्मान गरेकाे छ ।

श्री सेतीदेवी पूर्व विद्यार्थी एकता समाजले कक्षा १२ मा उत्कृष्ठ नम्बर ल्याएर पास हुनेसहितका दश जना विद्यार्थी र पाँच जना शिक्षकहरूलाई एकैसाथ सम्मान गरेकाे हाे । समाजले विगत तीन वर्षदेखि कक्षा १२ का विद्यार्थीहरूलाई निरन्तर सम्मान गर्दै आइरहेकाे छ भने विद्यालयकाे शिक्षाकाे गुणस्तर सुधारका लागि पनि विभिन्न तालिमहरू प्रदान गर्दै आइरहेकाे छ । 

समाजले सत् प्रतिशत नतिजा दिलाउने शिक्षकहरू सविन दङ्गाल, प्रदिप काेइराला, राजेन्द्रप्रसाद सापकाेटा, कमल पाेख्रेल र रामहरि शर्मालाई सम्मान गरेकाे थियाे भने समाजले एसइइ दिएर बसेका विद्यार्थीहरूका लागि नि: शुल्क कम्प्युटर कक्षा सञ्चालन गरेकाे थियाे । उक्त नि: शुल्क कम्प्युटर कक्षा सञ्चालनमा सहयाेग गर्नुभएका कम्प्युटर प्रशिक्षक तथा त्यसै विद्यालयका शिक्षक राजेन्द्र सापकाेटालाई पनि सम्मान गरेकाे थियाे ।

समाजले कक्षा १२ मा उत्कृष्ठ नम्बर ल्याएर विद्यालय प्रथम भएका विद्यार्थी स्वेता श्रेष्ठ, तथा विद्यार्थीहरू मनिसा तामाङ, आकृती तामाङ, प्रतिक्षा श्रेष्ठ, अञ्जना श्रेष्ठ, कृतिका अधिकारी श्रृजना श्रेष्ठ, प्रेमसाङ तामाङ, सुन्तु थापामगर र युगिन जाेन्छेसहित १०जनालाई सम्मान गरेकाे थियाे ।

सम्मान कार्यक्रमलाइ सम्बाेधन गर्नुहुँदै अतिथि तथा विद्यालयका प्रधानाध्यापक सविन दंगालले सम्पूर्ण शिक्षक विद्यार्थीहरूको निरन्तर मिहिनेत परिश्रम र लगनशिलताले गर्दा नै विद्यालयले उत्कृष्ट नजिता हासिल गर्न सफल भएको बताउनुभयाे । उहाँले यस नतिजाले आगामी दिनहरुमा पनि निरन्तरता चुनाेैती बढेकाे बताउनुहुँदै पूर्व विद्यार्थी एकता समाजले सुरूगरेकाे सम्मान कार्यक्रमले विद्यार्थीहरूकाे मन जितेकाे भन्दै याे सत्कार्यले विद्यार्थीहरूकाे मनाेबल बढ्ने पनि बताउनुभयाे । उहाँले यस कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताउनुभयाे ।  

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले पूर्व विद्यार्थीहरूले बिद्यालयमा गरेको यस कार्यको प्रशंसा गर्दै  विद्यालयमा समन्वय र सहकार्य गर्दै आगाडि बढ्ने कुरा पनि प्रष्ट्याउनु भयाे साथै उहाँले बिगतदेखिनै समाजले विद्यालयकाे हितमा काम गर्दै आइरहेकाे बताउँदै अझै सहकार्य गर्न तत्पर रहेकाे बताउनुभयाे ।

कार्यक्रममा सेतीदेवी पूर्व विद्यार्थी एकता समाजका अध्यक्ष दिपेन्द्र श्रेष्ठले ०७६ सालदेखि निरन्तर समाजमा लागेर ०८१ सालमा विधिवत दर्ता गरेर पनि कार्यसमितिकाे सकृयताले उल्लेख्य काम गर्न सकेकाे र आगामी दिनमा समाज शिक्षाकाे गरणस्तर सुधार्न प्रयत्न रहेकाे बताउँदै वडा भरीकै शिक्षक शिक्षिकाहरूलाई पुन: शिक्षाकाे गुणस्तर सुधार गर्नकै लागि तालिमकाे व्यबस्था गरिदिने बचन दिनुभयाे । कार्यक्रम समाजका सचिव जीवन जाेन्छेले सञ्चालन गरेकाे थियाे ।

Comments