घरमै स्वास्थ्य शिविर


असार २०, २०८३, शनिबार | साँझ ०४:२७ बजे | 160


घरमै स्वास्थ्य शिविर

भक्तपुर– दिव्यदर्शन महिला उद्यमी समाजले नागरिक ह््याम्स अस्पतालको सहयोगमा गठ्ठाघरमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा सामान्य स्वास्थ्य र आँखा परीक्षण गरिएको हो । शिविरमा टोलका बालबालिका देखि बृद्धहरुले स्वास्थ्य जाँच गराएको समाजकी अध्यक्ष सरोजा न्यौपानेले बताइन । एक सय ११ जनाको स्वास्थ्य जाँच गरिएको थियो । आँखा जाँच गराउदा समस्या देखिएका टोलबासीलाई अस्पतालले निःशुल्क औषधि समेत वितरण गरेको छ । बिशेषज्ञ चिकित्सकसँग परामर्श गरेर स्वास्थ्य समस्या थाहा पाएपछि थप उपचार गर्न सहज भएको टोलबासी बताउँछन् । शिविरमा निःशुल्क स्वास्थ्य परामर्श र सुगर परीक्षण गर्ने व्यवस्था गरिएको थियो । सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले समुदायसँगको सहकार्यमा टोलमै गएर शिविर चलाउदै आएको छ । समाजले महिलाहरुको क्षमता अभिबृद्धि, सिप सिकाउने र यस्ता शिविर सञ्चालन गर्दै आएको छ ।

फाेटाेमा हेर्नुहाेस्...

घरमै स्वास्थ्य शिविर
घरमै स्वास्थ्य शिविर

Comments