मेरो धादिङ यात्रा


फाल्गुन २०, २०७७, बिहीबार | साँझ ०४:४३ बजे | 35


समिता भारती
वि.सं. २०७६ दसैंको बिदामा मैले धादिङ यात्रा गर्ने सुवर्ण अवसर पाएँ । धादिङमा मेरी एउटी मित्र थिई, मेरै उमेरकी–रुपा दुलाल। उसले यसपटक जसरी भए पनि मलाई त्यहाँ आउन आग्रह गरेकी थिई। मैले उसको आग्रह टार्न सकिनँ। त्यसपछि ड्याडीलाई लिएर आइतबार बिहानै घुम्न जाने निधो गरियो। ड्याडी र म ठिमीबाट नयाँ बसपार्क लाग्यौँ।
त्यस दिन बिहानको नौ बजे हामी बसपार्कबाट धादिङबेंसीतर्फ लाग्यौँ। नयाँ बसपार्कबाट मलेखुसम्म करिब ८० किलोमिटरको दुरि हुनुपर्छ। मलेखुबाट अठार किलो मिटर रहेछ। धादिङबेँसी पुगेपछि त्यहाँ दुई घन्टा रोकिनु प¥यो किनभने त्यहाँबाट २८ किलोमिटरको दुरीमा रहेको खहरे हाम्रो यात्राको गन्तव्य थियो। यो खहरेलाई त्रिपुरेश्वर पनि भनिदो रहेछ। दिउँसोको १ बजे धादिङबेंसी पुग्दा त्यहाँबाट खहरे जाने दुईवटा बस छुटिसकेका थिए। अब हामी त्यहाँ संकटमा  प¥यौँ। पहाडी बाटो तीन घन्टाभन्दा बढी यात्रा गर्न बाँकी नै थियो। सवारीसाधन केही थिएनन्। अपरान्हको करिब चार बजे एउटा स्वराज नाम गरेको रातो ट्रक खहरे जाने भनेर देखाप¥यो। हाम्रा अघिल्लातिर त्यसमा खसी, भेडा , ग्यास सिलिन्डर , तेलका भाडाँ र भरिभराउ  मानिस थिए। सबैजना दशैं मान्न गाउँ  जान लागिरहेका थिए। अरु उपाय नभएर हामी बाबू छोरी पनि त्यसैमा खादिँयौँ।  
 
भेडाबाख्रासरह खाँदिएर, कोचिएर, झुन्डिएर  साझँ ८ बजे आफ्नो गन्तव्यमा पुग्यौं। बाटो  अत्यन्त घुमाउरो थियो  र खाल्डाखुल्डी असंख्य थिए। गाडीले थोरै गति लिदा पनि मन सिरिङ्ग गर्थ्यो। किनभने  अब पल्टेला कि, पल्टेला कि ! भन्ने सोच्दै प्राण हत्केलामा राखेर यात्रा गरिएको थियो।
तीन तीन वटा सभासद् भएको यस  क्षेत्रमा  कसैले ध्यान दिएको देखिएन। काठमाडौं सँग जोडिएको यो जिल्ला अझ  विकट र अत्यासपुर्ण रहेछ ।
मलेखुबाट धादिङ जिल्लाको सदरमुकाम धादिङबेँसी सम्म कालोपत्रे गरिएको सडक  भएपनि धादिङबेँसीबाट २८ किलोमिटर रहेको हाम्रो गन्तव्यस्थल खहरेसम्म नै सडक भत्किएको थियो। बाटो असाध्यै घुमाउरो र प्रशस्त खाल्डाखुल्डी थिए। गाडीको चार चक्का मुस्किलले भुइँमा टेकेको हुनुपर्छ। अत्याधिक घुमाउरो र साँघुरो बाटो भएकोेले यो यात्रा एकदमै जोखिमपूर्ण अनुभव भयो। बेँसीबाट खहरे सम्मको यात्रामा गोलभन्ज्याङ् भन्ने ठाँउ पनि पर्छ। यसको निकटमा रहेको मैतिदेबी मन्दिरकै आसपसमा ठुला ठुला दुर्घटनाहरु भएको स्मृतिस्थल पनि देखेँ मैले। यो क्षेत्रमा दुर्घटना हुने क्रम स्वाभाविक प्रक्रिया  जस्तै भैसकेको बुझिन्थ्यो।
काठमाडौं देखि खहरेसम्म आइपुग्दा टारीबेँसी भन्ने एक मनोरम स्थान रहेछ। टारीबेँसीमा प्रसिद्ध नेत्रावती नदि बग्दछ।यो एउटा येस्तो उपत्यका रहेछ, जहाँ संगीतमय आन्न्द प्राप्त हुन्थ्यो। यो उपत्यकामा आइपुग्दा म रोमान्चित हुनपुगेँ। मनोरम पहाडी शृङ्खला, नेत्रावतिको छङ्छङ् ध्वनि, वनजंगलको हरियाली, धानका सुन्दर खेतहरु सहित यो उपत्यकामा प्राकृति सौर्न्दर्य दृश्य हरु देख्न पाइँयो।
खहरेबाट उत्तरपुर्व केही घन्टाको यात्रा गर्ने बित्तिकै मनास्लु हिमाल कै बेस–क्याम्पमा पुग्न सकिने रहेछ। बाहिर देशका असंख्य पर्यटकहरु टारीबेँशी भएर ट्रेकिङ् मा जादाँ रहेछन्। पर्यटनका दृष्टिकोणबाट यो क्षेत्रमा  अत्येन्त चहलपहल थियो। सरकारले राम्रोसग ध्यान दिएर यस क्षेत्रको बिकास गर्न सकेको खण्डमा आन्तरिक पर्यटनको लागि क्षेत्रले महत्त्वपूर्ण भुमिका निर्वाह गर्न सक्ने थियो। निकट भबिस्यमा यस क्षेत्रबाट विद्युत उर्जा उत्पादन गर्न युद्धस्तरमा कार्यहरु भइरहेको रहेछ। यसप्रकार काठमाडौंबाट बिहान नौ बजे हिँडेको हामी बेलुकी  आठ बजे पुग्यौं। थाकेर र गाडीमा झुन्डिएर लखतरान अवस्थामा आइपुगेका हामी बेलुकीको खाना खाएर आरामगृहमा प्रवेश ग¥यौँ। यो क्षेत्रमा  नजिकको जङ्गल बाट हिंस्रक बन्यजन्तु कराएको सुनिन्थ्यो। मेरो लागि यो निकै रमाइलो विषय बनेको थियो।
भोलिपल्ट हामी सबेरै खहरे, पुरानो बजार ,शिवमन्दिर, झोलुङ्गे पुल, र सत्यानपुर भन्ने ठाँउको अवलोकन गर्न पुग्यौं। प्राकृति सम्पदाले भरिएको यो उपत्यका एकदम संगीतमय धुनमा प्रतिध्वनित भइरहको थियो ।
एउटा रोमान्चकारी कुरा के थियो भने प्रहरी को मुठभेडबाट मारिएका नेपालका चर्चित दिनेश अधिकारी चरी को गाउँ पो रहेछ । हामीले बास बसेको घर चरीको आफ्न्तको रहेको थाहा भयो। मेरी मित्र रुपा दुलाल चरीलाई  आफ्नो काका भनेर सम्बोधन गर्थी।
यसरी हामीले त्यो बर्षको दसैंमा नेपालको एउटा प्राकृति अनुपम स्थलको अविस्मरणीय र साहासिक यात्रा सम्पन्न ग¥यौँ।

Comments