“दोबाटोमा नकुर है” बोलको गीत सार्वजनिक
जेठ ३२, २०७७, आइतबार | विहान ०९:४३ बजे | 0
भक्तपुर । गायक सुरेश शम्शेरको नयाँ गीत “दोबाटोमा नकुर है” बोलको गीत सार्वजनिक भएको छ । लामो समय देखि गीत सङ्गीत सृजना तथा गायनमा नै रम्दै आउनु भएका सुरेशले आफ्नै यु(ट्युव च्यानल मार्फत उक्त गीत सार्वजनिक गर्नु भएको हो।
गीतकार राजकुमार कोइराला “केवलपुरे प्रतिक” को रचनाको “दोबाटोमा नकुर है” बोलको गीतमा बिदेशिने युवा युवतिको आपÞm्नो नजिकको ब्यक्ति सङ्ग छुट्टिनुको पीडा र दुस्खलाई समेटिएको छ भने भोलिको स्वर्णिम समय प्रति आशाबादि हुन हौस्याएको छ। गायक सुरेश स्वयमले गीतमा सङ्गीत दिनुभएको छ भने गीतमा एरेन्ज, रिकर्डिङ्ग, मिक्सिङ्ग, र गिटार वर्क पनि गायक स्वयमको नै रहेको छ । गायक सुरेश र गीतकार राजकुमार कोइरालाको यो पहिलो गीती सहकार्य हो । सुरेश शम्शेर सङ्गको सहकार्यमा आपÞmु निकै खुसी रहेको गीतकार कोइरालाले बताए ।