कृतिकार र सुपरिवेक्षकलाई कृतज्ञतापत्र


बैशाख ८, २०८३, मङ्गलबार | दिउँसो ०१:४९ बजे | 50


कृतिकार र सुपरिवेक्षकलाई कृतज्ञतापत्र

शब्दयात्रा प्रकाशनद्वारा उत्पादित तथा हरि मञ्जुश्रीद्वारा लिखित एवम् सङ्गीतबद्ध गानहरूका विषयमा ‘हरि मञ्जुश्रीका उद्बोधन गान’ नामक कृति सिर्जना गरी प्रोत्साहन र आशीर्वाद दिनुभएकोमा अनुसन्धाता, समालोचक तथा सर्जक प्रा. डा. कुलप्रसाद कोइरालालाई, ‘हरि मञ्जुश्रीका जागरण गान’ नामक कृति सिर्जना गर्नुका साथै ‘हे सच्चिदानन्द विशुद्धदेव’ गानमा ८४ वर्षको उमेरमा स्वर दिनुभएकोमा लेखक तथा भजनगायक डा. इन्दुल केसीलाई र ती गानहरूको सुपरिवेक्षण गरी प्रोत्साहन र आशीर्वाद दिनुभएकोमा प्रथम साङ्गीतिक सुपरिवेक्षक गीतिभास्कर मच्छेश्वर सापकोटालाई शब्दयात्रा प्रकाशनले कृतज्ञतापत्र समर्पण गरेको छ । कृतज्ञतापत्र समर्पण गर्ने क्रममा प्रा. डा. कुलप्रसाद कोइरालालाई नियात्राकार रत्नकुमार श्रेष्ठले रुद्राक्षमाला, आयुर्वेदिक चिकित्सक डा. छत्रपति दाहालले उपहार र हरि मञ्जुश्रीले कृतज्ञतापत्र एवम् डा. इन्दुल केसीलाई लेखक ध्रुव नेपालले रुद्राक्षमाला, हरि मञ्जुश्रीले उपहार र प्रा. डा. कुलप्रसाद कोइरालाले कृतज्ञतापत्र समर्पण गर्नुभएको थियो । पारिवारिक व्यस्तताले कार्यक्रममा उपस्थित हुन नसक्नुभएका मच्छेश्वर सापकोटाका तर्फबाट खड्गप्रसाद सापकोटाले रुद्राक्षमाला, उपहार र कृतज्ञतापत्र ग्रहण गर्नुभएको थियो ।

Comments