बहुप्रतिभाको धनी डा. इन्दुल केसी


बैशाख ७, २०८३, सोमबार | राति ०७:४१ बजे | 410


बहुप्रतिभाको धनी डा. इन्दुल केसी

रत्नकुमार श्रेष्ठ
शब्दमा सुगन्ध, स्वरमा साधना बोल्छन्,
भजनमा भक्तिको उज्यालो खोल्छन् ।
कलम, कर्म, र करुँणाले सिँचेको मन,
डा.इन्दुल बहुआयामका फूल रोप्छन् ।

कवितामा चेतना, कथामा जीवन बोल्छ,
वाचनमा अनुभूतिको सागर डोल्छ ।
योग–ध्यानले आत्माको आकाश खोल्छ,
प्राकृतिक उपचारले पिडितको मन छुुन्छ ।

साधनामा संगित, सेवामा सुबास छ,
लेखनमा लय, विचारमा विश्वास छ । 
शरीर र आत्मा दुवैको चिकित्सक–
उहाँभित्र उज्यालोको निवास छ ।

कलाको कण कणमा करुणा मिसिएको,
भक्तिको धुनमा ब्रहम चेतना समेटिएको,
डा.इन्दुल नाम मात्र होइन एउटा प्रेरणा हो,
बहुआयाम प्रतिभामा जीवन समर्पिएको ।

Comments