लोकगायिका विष्णु परियारलाई शब्दयात्रा सम्मान


बैशाख ७, २०८३, सोमबार | साँझ ०६:४९ बजे | 45


लोकगायिका विष्णु परियारलाई शब्दयात्रा सम्मान

शब्दयात्रा प्रकाशनका आजीवन सदस्य तथा आध्यात्मिक लेखक ओतबहादुर खड्काले आफ्नी धर्मपत्नीको स्मृति र सम्मानमा कोष व्यवस्थापन गर्नुभएको ‘शब्दयात्रा मैया खड्का सारस्वत सम्मान, २०८२’ लमजुङ जिल्ला रागिनासकी सारस्वत प्रतिभा विष्णु परियारमा समर्पण गरिएको छ । स्नातकोत्तर तहमा ठाडोभाका लोकगीतका विषयमा शोधकार्य गर्नुका साथै शिक्षण कार्यमा व्यस्त रहँदारहँदै पनि लोकदोहोरी गायनमा समेत सक्रिय रहेर लोकगीत–सङ्गीतका क्षेत्रमा गर्नुभएको योगदानका लागि उहाँलाई उक्त सम्मान समर्पण गरिएको हो । सम्मान गर्ने क्रममा शब्दयात्रा प्रकाशनको संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीले रुद्राक्षमाला, कोष व्यवस्थापक ओतबहादुर खड्काका तर्फबाट पूर्वप्रशासक तथा लेखक चन्द्रबहादुर खड्काले उपहार तथा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले सम्मानपत्र समर्पण गर्नुभएको थियो ।

Comments