शैक्षिक शत्र संचालन र आइतबार बिदा सम्बन्धमा मध्यपुर नपामा अभिभावक संघको ज्ञापनपत्र


बैशाख ४, २०८३, शुक्रबार | दिउँसो ०३:४३ बजे | 190


शैक्षिक शत्र संचालन र आइतबार बिदा सम्बन्धमा मध्यपुर नपामा अभिभावक संघको ज्ञापनपत्र

अभिभावक सघ नेपाल जिल्ला कार्य समिती भक्तपुरले nepaal सरकारले घोषणा गरेको  आइतबार बिदा  र २१  गते देखि शुरु गर्ने भर्ना अभियानलाई  लियर मध्यपुर नपाका उपप्रमुख बिजय कृष्ण श्रेष्ठलाई  ज्ञापन हस्तान्तरण  गर्ने कार्य सम्पन्न  भयो | कार्यक्रममा  भक्तपुर  जिल्ला अभिभावक संघका अध्यक्ष  रामकृष्ण प्रजापतिले सरकारले   घोषणा  गरेको आइतवार  बिदा  र  २१ गते देखि शुरु गर्ने शैक्षिकसत्रले बिध्यार्थीहरु कुलत अन्य बाटोलाग्ने सम्भाबना ब्यक्त गर्द यसले बिधार्थीले पढन पाउने मौलिक हक सम्मेत गुम्ने र  सरोकारवाला पक्षसँग  व्यापक छलफल र ब्यापक सल्लाह  गरि मात्र बिधार्थीहरुको पक्षमा निर्णय  लिनअनुरोध गर्नुभयो | कार्यक्रममा मध्यपुर नपाका उपप्रमुख बिजय कृष्ण श्रेष्ठले  यस विषयमा सरोकार वाला  सँग  व्यापक छलफल जारी  रहेको आइतबार बिदा दिने बिषयमा अभिभावकको  रुपमा आफनु पनि असहमती रहेको र आइतबार बिदाबाट थप ५२ दिन  बिध्यालय संचालन कम हुने बताउन्दै  मध्यपुर नपाको अन्य गतिविधिबारे प्रकाश पार्नु भयो | कार्यक्रममा अभिभावक संघका सचिब आशराम सुवाल सह सचिब राजकुमार लघु  र कोषध्यक्ष कृष्ण प्रसाद दुमरुको  पनि उपस्थिति रहेको थियो |

Comments