के छ अभिभावक संघले सूर्यविनायक र चाँंगु नपामा बुझाएको ज्ञापनपत्रमा ?


बैशाख ३, २०८३, बिहीबार | राति ०८:२५ बजे | 70


के छ अभिभावक संघले सूर्यविनायक र चाँंगु नपामा बुझाएको ज्ञापनपत्रमा ?

भक्तपुर, ३ बैशाख । अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको नेतृत्वमा गएका अभिभावकहरुले नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ चैत १२ गतेको बैशाख १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि कक्षा संचालन गर्ने निर्णय तथा मिति २०८२ चैत २३ गतेको सम्पूर्ण शैक्षिक संस्थामा शनिवार र आइवार गरी दुई दिन विदा दिने निर्णय अव्यवहारीक भएको भनि सूर्यविनायक नगरपालिका र चाँगु नारायण नगरपालिकामा ज्ञापन–पत्र  बुझायो । 
ज्ञानपपत्र बुझाउँदै अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले हरेक बर्ष भर्ना अभियानको समयमा विभिन्न झमेलाहरु उत्पन्न गरी अभिभावकहरुलाई विदेशमा पढाउन पठाउन बाध्यपार्ने कामहरु भई रहेको बताउँदै संविधानमै माध्यमिक विद्यालय संचालन एकल अधिकार स्थानीय तहको भएको बताउँदै संघ सरकारले निर्णय थोपार्नु स्वायतत्ता र विकेन्द्रीकरणको सिद्धान्त विपरित भएको बताउनुभयो । उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति, आर्थिक मन्दि र अमेरिका इजरायलले इरान माथि गरेको आक्रमणको कारण अभिभावकहरूको मजदुरी, नोकरी, व्यापार–व्यवसाय आदि कामले खान लाउन धौ धौ परेको अवस्थामा कामदार अभिभावकहरूका लागि बिदाको दिनमा बालबालिकाको हेरचाह, निगरानी कसले गर्ने भन्नेचिन्ताका साथै बिहान ९ बजेदेखि विद्यालय संचालन गर्दा मजदुरी गर्ने अभिभावकहरु आफ्नो काम छोडेर बालबालिकाहरुलाई ७ बजे नै तयार गर्नु पर्ने अवस्थाले रोजिरोटीसमेत गुम्ने सम्भावना रहेकोले आइतवारको विदा दिनु उचित नभएको बताउनुभयो । उहाँले विभिन्न विद्यालयका अभिभावकहरु र सामुदायक विद्यलाय र संस्थागत विद्यालयका साथीहरुले भर्ना अभियान र कक्षा संचालन गर्ने र आइतबार विदा अव्यवहारिक भएकोले अभिभावक संघले ज्ञापन पत्र दिनुपरेको बताउनुभयो । उहाँले आइतबार विदा नदिँदा समेत कोर्स पुरा गर्न गा¥हो भई रहेको बेलामा थप विदाले पढाइ समय घट्न गई पाठ्यक्रम पुरा गर्न कठिन हुने बताउनुभयो । उहाँले विद्यालय सञ्चालनका दिनहरू घट्दा कक्षा समय लम्ब्याउनु पर्ने अवस्थाले बालबालिकाको मानसिक, एकाग्रता र सिक्ने क्षमतामा प्रत्यक्ष असर पार्ने सम्भावना हुन्छ भन्नुभयो । उहाँले विभिन्न शैक्षिक अध्ययनहरूले बालबालिकाको प्रभावकारी ध्यान केन्द्रित गर्ने क्षमता सीमित समय (सामान्यतया ३०–४५ मिनेट प्रति सत्र) सम्म रहने भएकोले लामो समयसम्म निरन्तर कक्षा सञ्चालन गर्दा उनीहरूको बुझ्ने क्षमता, सृजनात्मक सोच तथा स्मरणशक्ति कमजोर हुने बताउनुभयो ।
    ज्ञापन पत्र बुझ्दै सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले अमेरिका र इजरायले इरानमाथि गरेको आक्रमणले संसार भर देखिएको तेलको अभावलाई न्युनिकरण गर्न सरकारले गरेका ेमाध्यामिक विद्यालय निर्णय स्थानीय तहको एकल अधिकार भित्र पर्ने भएतापनि संघीयताको सिक्रिले गाँसिएको छ भन्नुभयो । उहाँले विदेशमा दुई दिनको विदा अभ्यासमा रहेकोले नमूनाको रुपमा प्रयोग गर्न खोजेको पनि हुन सक्ने बताउनुभयो । उहाँले जायज माग र काम गरी खाने अभिभावकको समस्या बारे प्रमुखमा पेश गरी शिक्षा समितिमा छलफल गरेर निर्णय गर्ने बताउनुभयो । 
    ज्ञापन पत्र बुझ्दै चाँगु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले सरकार निर्णय अनुसार कर्मचारीले काम गर्नुपर्ने बाध्यता रहेको बताउँदै ज्ञापनपत्र बारे प्रमुखमा पेश गरी शिक्षा समितिमा छलफल गर्ने बताउनुभयो । त्यस्तै शिक्षा निर्देशक जनार्दन रिजालले आर्थिक बर्षको सत्र र शैक्षिक सत्र एउटै बनाउन पनि यो भर्ना अभियान र कक्षा संचालन पछाडि पार्दै मिलाउन खोजेकोले पनि यस्तो निर्णय आएको बताउँदै ज्ञापनपत्र शिक्षा मन्त्रालय पु¥याईदिने बताउनुभयो । 
    उक्त ज्ञापनपत्र बुझाउने कार्यक्रममा सान्तराम दुलालले विदाको समयमा बालबालिकहरुमा मोबाइल र टिभीको कुलतमा परेर अध्ययनबाट टाढा हुने र एकहोरो हुने जोखिम छ भने अतिज्म हुने र  धेरै बिदाले विद्यार्थीहरुको पढाई विग्रन सक्ने र बानी—व्यवहार विग्रने र कुलतमा फस्ने बताउनुभयो ।
    कार्यक्रममा सह सचिव राजकुमार लघुले शिक्षा मन्त्रालयको सुचना अनुसार १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि पढाइ सुरु गर्ने निर्णय  व्यबहारीक नभएको साथै यसले भर्ना अभियानलाई समेत प्रभावित हुने र बालबालिकाहरुको पढाइ समेत बिग्रने सम्भावनालाई मध्यनजर गरि अभिभावकहरु नयाँ सत्र बैशाख संक्रान्तिदेखि सुरु गर्नुपर्ने माग गर्नुभयो । 
    कार्यक्रममा अभिभावक संघ नेपाल भक्तपुर जिल्ला कार्यसमितिका सचिव आशराम सुवाल, कोषाध्यक्ष कृष्णप्रसाद दुमरुको उपस्थिति रहेको थियो । 
 

फाेटाेमा हेर्नुहाेस्...

के छ अभिभावक संघले सूर्यविनायक र चाँंगु नपामा बुझाएको ज्ञापनपत्रमा ?

Comments