विनायकको ३८ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम


चैत २७, २०८२, शुक्रबार | राति ०९:१६ बजे | 180


विनायकको ३८ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम

मध्यपुर ठिमी भक्तपुर शिक्षा ,सभ्यता र संस्कृतिका माध्यमबाट विद्यार्थीहरूको सर्वाङ्गिण विकास हुने गुणस्तरीय शिक्षा प्रदान गरिरहेको मध्यपुर ठिमीको उत्कृष्ट विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले यही २०८२ चैत्र २७ गते विद्यालयको ३८औं वार्षिकोत्सव तथा वार्षिक पुरस्कार वितरण कार्यक्रमको आयोजना गर्यो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिक्षासेवी तथा संस्कृतिविद् गणेशराम लाछीको सभापतित्व एवं मध्यपुर ठिमी नगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख ज्ञानेन्द्र भट्टको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा शब्दका माला पहिर्याइदिएर विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले उपस्थित सम्पूर्ण अतिथिगणहरूलाई स्वागत गर्नुभएको थियो। कक्षा १ देखि १० सम्मका विभिन्न विधामा उत्कृष्ट पाँच पाँचजना विद्यार्थीहरू र खेलकुद सप्ताह २०८२ का विजेता विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूले कक्षागत रुपमा सांस्कृतिक कार्यक्रम समेत पस्किएका थिए। कार्यक्रममा उत्कृष्ट कर्मचारी पुरस्कारद्वारा चालक दिपेश योन्जनलाई सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विद्यार्थीको सर्वाङ्गीण विकास हुने गुणस्तरीय शिक्षा प्रदान गर्न स्थापनाकालदेखि नै विद्यालयले कुनै पनि कसर बाँकी नराखेको र अभिभावक तथा शुभचिन्तकको साथ र सहयोगमा विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागिताको अवसर समेत प्रदान गरिएको जानकारी गराउनुभयो। विद्यालय व्यवस्थापन समिति सदस्य उषा प्रजापति तथा अभिभावक नरेन्द्र अवाल एवं अन्य अभिभावक शुभचिन्तकहरूको बाक्लो उपस्थितिमा आयोजित उक्त कार्यक्रम विद्यालयको अतिरिक्त क्रियाकलाप विभागको संयोजनमा भएको थियो।

Comments