विनायकमा दीक्षान्त समारोह
चैत २७, २०८२, शुक्रबार | विहान ११:४७ बजे | 35
विनायक शिक्षा निकेतन मध्यपुर ठिमीको पूर्व प्रावी तह अध्ययन पूरा गर्नुभएका विद्यार्थी भाइबहिनीहरू को लागि आयोजित दीक्षान्त समारोह मा ६० जना दीक्षित हुनुभएका विद्यार्थीहरूलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गर्नु भई प्रमुख अतिथि मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ का वडा सदस्य अरुणा कारणजीत बधाई तथा शुभकामना दिनुभयो| विद्यालयका प्रबन्धक शोभा प्रजापति ज्यूले स्वागत भाषण गर्नुभएको सो कार्यक्रममा अभिभावकद्वय महेश प्रजापति ,सोनी मानन्दर र लिना प्रजापति ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिज्यूले दीक्षित हुनुभएका विद्यार्थी भाइबहिनीहरूलाई बधाई दिँदै विद्यालयले विद्यार्थीहरूलाई पढाइ मात्र होइन, संस्कार र बालबालिकाहरूको सर्वाङ्गिण विकासलाई ध्यान दिई विभिन्न क्रियाकलापहरूको माध्यमबाट पठनपाठन गराउँदै आइरहेको जानकारी गराउनुभयो| कार्यक्रमको सञ्चालन पूर्व प्रावी तहका संयोजक पदमा श्रेष्ठ ले गर्नुभएको थियो भने कार्यक्रममा विद्यार्थी भाइबहिनीहरूले आआफ्नो प्रतिभा तथा विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गर्नुभएको थियो।
फाेटाेमा हेर्नुहाेस्...
