विद्यार्थीहरु देशका कर्णधार र भविष्य
चैत २७, २०८२, शुक्रबार | विहान १०:५४ बजे | 185
भक्तपुर, २६ चैत । साईनिङ्ग स्टुडेण्ट एकेडेमीको बार्षिक उत्सब तथा साँस्कृतिक कार्यक्रम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा दीप प्रज्वलित गरी एक समारोह बीच गपलीमा बिहिबार उद्घाटन गर्नुभयो । प्रिस्कुलका विद्यार्थीहरुलाई दिक्षित गर्नुका साथै स्कुलको बाहिरको विभिन्न प्रतियोगित, विभिन्न विधाका साईनिङ्ग हिरो अफ दि २०८२ का विद्यार्थीहरुलाई प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, वडाध्यक्ष उपेन्द्र सुवाल र अभिभावक संघ नेपाल भक्तपुरका अध्यक्ष एवम् गपली टोल सुधार समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले पुरस्कार वितरण गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि सुनिल प्रजापतिले विद्यार्थीहरु देशका कर्णधार र भविष्य भएको बताउँदै भोलि डाक्टर, ईन्जिनियर बताउनुभयो । उहाँले मेहनतको फल मिठो हुने भएकोले निरन्तर मेहनत गरे सफलता प्राप्त हुने बताउनुभयो । उहाँले नयाँ पुस्तालाई स्वयम् सेवक भावनाबाट ओटप्रोट गर्नुपर्ने बताउँदै आफै सरसफाई गर्ने, श्रमदान गर्ने र सेवा गर्ने संस्कारको विकास गर्ने व्यवहार परिवर्तन गर्न सिकाउनुपर्ने बताउनुभयो । उहाँले भेषभुषा, रहनसहन, लवाइ खवाई र चाँडबाँड, मठमन्दिर र विभिन्न आदर्श व्यक्तित्वहरुबारे जानकारी र सिकाउन स्थानीय पाठ्यक्रम प्रकाशित गरेको बताउनुभयो । उहाँले खेलकुदबाट अनुशासन नियम र स्वस्थ्य हुने भएकोले खेलकुद प्रतियोगिताहरु अगाडि बढाएको बताउँदै कला सँस्कृतिको संरक्षण गर्ने जिम्मेवार बोध गराउन राम्रो र असल शिक्षाले चौतर्फि विकास भई सर्वाङ्गिक विकास हुने बताउनुभयो । उहाँले भोलिको समाज राम्रो बनाउने आजका बालबालिका भएको बताउँदै राम्रो व्यवहार र असल संस्कार सिकाउनुपर्ने बताउनुभयो । उहाँले अभिभावकहरु र शिक्षकहरुले बालबालिकाहरुले गर्न हुने र गर्न नहुने बारे सिकाउनुपर्ने बताउँदै नगरपालिकाको विभिन्न कार्यक्रममा सकृय सहभागी भई सफल पारेकोमा धन्यवाद दिनुभयो ।
कार्यक्रममा अतिथि वडाध्यक्ष उपेन्द्र सुवालले शिक्षा क्षेत्रमा मात्र नभई विद्यालयले अतिरिक्त क्रियाकलाप नाचगान, खेलकुद र बाहिरको अतिरिक्त क्रियाकलामा धेरै पदक जित्न सफल भएकोमा बधाई दिँदै यसले सीप विकास हुने बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, खेलकुद र सीपमुलक तालिममा ध्यान दिएको बताउँदै शिशुस्याहारदेखि उच्च शिक्षा हासिल गर्न ख्वप कलेज, ईन्जिनियरिङ्ग कलेज, नर्सिङ्ग कलेजहरु संचालन गरी कम शुल्कमा गुणस्तरीय शिक्षा दिएको बताउनुभयो । उहाँले छात्रबृति, शैक्षिक ऋण, भुगोल, ईतिहास, राजनीति शास्त्र, साँस्कृतिमा उच्चाशिक्षादेखि पिएचडिसम्म अध्ययण गर्न छात्रबृति दिएको बताउनुभयो । उहाँले स्वास्थ्यमा ख्वप अस्पताल, घरदैलो नर्सिङ्ग, सामान्य घाउचोटपक ड्रेसिङ्ग वडा कार्यालयमा नर्सबाट हुने बताउनुभयो । उहाँले ६ वटा खेल निःशुल्क प्रशिक्षण दिई रहेको बताउँदै स्वरोजगारको लागि सीपमूलक तालिम संचालनका साथै उद्यमशील ऋण समेत दिएको बताउनुभयो । कार्यक्रममा गपली टोल सुधार समितिका अध्यक्ष एवम् अभिभावक संघ नेपाल भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापतिले साइनिङ्ग स्कुलको २८औँ वार्षिक कार्यक्रम, प्रि–कक्षा दीक्षान्त समारोह, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम २०८२ जस्तो महत्वपूर्ण अवसरमा टोल सुधार समितिको तर्फबाट केही शब्द राख्ने अवसर पाउँदा म अत्यन्त हर्षित र गौरवान्वित भएको बताउनुभयो । उहाँले विद्यालयले टोल तथा समुदायको शैक्षिक विकासमा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै एउटा असल विद्यालयले केवल किताबको ज्ञान मात्र होइन, संस्कार, अनुशासन र जिम्मेवारी पनि सिकाउँछ, जुन कुरा साइनिङ्ग स्कुलले सफलतापूर्वक गर्दै आएको बताउनुभयो । उहाँले समाजका उज्ज्वल भविष्य आजका विद्यार्थी बालबालिका भएको बताउँदै सानैदेखि सिकेका राम्रा बानी, अनुशासन र शिक्षा जीवनभरको आधार बन्ने बताउनुभयो । उहाँले मेहनत र लगनशीलता अनुकरणीय भएको बताउँदै विद्यार्थीहरूलाई निराश नहुन आग्रह गर्दै सफलता निरन्तर प्रयासबाट नै प्राप्त हुन्छ भन्नुभयो । उहाँले अभिभावकज्यूहरूलाई पनि विशेष धन्यवाद दिँदै बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा खेलेको भूमिका अत्यन्त महत्वपूर्ण रहेकोले विद्यालय, अभिभावक र समुदायबीचको सहकार्यले मात्र समृद्ध समाज निर्माण हुने बताउनुभयो । उहाँले टोल सुधार समिति विद्यालयको साथमा रहेको बताउँदै आगामी दिनहरूमा पनि शिक्षा तथा सामाजिक विकासका कार्यहरूमा सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौरी छुस्याकीले साइनिङ्ग स्टूडेण्टस् एकेडेमीको स्थापना काल देखि नै ीबलमmबचप ायच दभततभच बलम त्रगबष्तिथ भमगअबतष्यल अर्थात “व्यावहारिक र गुणस्तरिय शिक्षाको लागि हाम्रो विद्यालय “ भन्ने मूल नारा लिई भक्तपुरको एक नमुना विद्यालय बनाउने द्धेयले स्थापित विद्यालय भएकोे बताउनुभयो । उहाँले समयको माग संगै स्तरीय शिक्षासंगसंगै व्यवहारिक एवं नैतिक शिक्षा पनि विद्यार्थीहरुलाई दिन एकदमै आवश्यक भएकोले विद्यार्थीहरुले अरुलाई गरिने व्यवहारमा एकदमै रुखो र व्यवहारिक ज्ञानमा कमी हुनु आफ्ना सन्तानहरुलाई आमाबुबाले समय नदिनु, सजिल्लै इच्छा पूरा गरिदिनु, दुःख के हो बुझ्न दिन नसक्नु, घर परिवारका सबैजना मोबाइलमै फ्रि समयमा ब्यस्त रहनु, परिवारसंगको समिपता नजिकपन नहुन जस्ता कारणले गर्दा नै अव्यवहारिक र जिद्धिपन झनझन बढ्दै गएको नैतिकवान र व्यावहारिक बनाउन घर र विद्यालय वातावरण अनुकुल बनाउन जरुरी भएको बताउनुभयो । उहाँले वि.सं.२०६६ सालको एस्.एल्.सी.शुरु भएको यस विद्यालयबाट मेडिकल डाक्टरको छात्रवृति परीक्षामा नेपाल प्रथम पाउन सफल डा. किरण ध्वोजु र २०७३ सालमा एस्.एल्.सी. दिएका विकेश दुवालले समेत मेडिकल डाक्टरमा छात्रवृत्रि पाउन सफल साथै २०७० सालमा एस्.एल्.सी. दिएकी डा. ओसियन छुस्याकीले नेपाल सरकारले भर्खरै १ हप्ता अगाडी प्रदान गरेको मास्टर इन डिग्री तह अर्थात ःम् तहको स्त्री तथा महिला रोग विशेषज्ञको अध्ययन गर्न पूर्ण छात्रवृति प्राप्त गर्न समेत सफल भई अन्य दर्जनौ डाक्टरहरु यसै विद्यालयबाट उत्पादन भइसकेको बताउनुभयो ।
कार्यक्रमका सभापति विद्यालयका प्रिसिपल रविन छुस्याकीले विद्यार्थीहरुको चौतर्फि विकास गर्न विद्यालयले पढाईलाई गुणस्तरिय बनाउनका साथै विभिन्न भ्ऋब् र ऋऋब् मा समेत आन्तरिक एवं वाह्य प्रतियोगितामा सहभागि भएका करिब २५–३० विद्यामा सहभागी भई ख्याती कमाउन सफल भएको बताउनुभयो । कार्यक्रम शिक्षिका प्रिया भट्टले संचालन गर्नु भएको थियो ।
_(1).jpg)