चाइनिज स्वयंसेविका शिक्षिकालाई बिदाई
चैत १३, २०८२, शुक्रबार | राति ०९:४८ बजे | 230
विनायक शिक्षा निकेतनमा विगत दुई वर्षदेखि निरन्तर रूपमा विद्यार्थी भाइबहिनीहरूलाई चिनिया भाषा सिकाउँदै आउनुभएका चाइनिज स्वयंसेविका शिक्षिकाHu Jianxue कक्षा ६ र ७ का विद्यार्थी भाइबहिनीहरूले एक समारोह बीच उहाँलाई विदाई गर्नुभयो। बिदाई समारोहमा विद्यार्थीहरूका तर्फबाट कक्षा छ कि युलन राई र कक्षा ७ की साइना प्रजापतिले स्वयंसेविका शिक्षिकाHu Jianxue लाई धन्यवाद ज्ञापन गर्दै उहाँले कक्षामा विद्यार्थीहरूलाई धेरै माया र हौसला दिँदै सिकाउनुभएको र धेरै क्रियाकलापहरु पनि गराउने गर्नुभएको बताउनु भाको थियो। शिक्षिकाHu JianXue ले विद्यार्थी भाइबहिनीहरू र विद्यालय परिवारलाई साथ र सहयोगको लागि धेरै धन्यवाद ज्ञापन गर्नुभयो। आशा छ केही समयपछि नेपालमा फर्किएर आउनेछु भन्ने वाचा पनि गर्नुभयो। विदाई समारोहमा बोल्नुहुँदै विनायक शिक्षा निकेतनका संस्थापक प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापति ज्यूले विद्यार्थी भाइबहिनीहरूलाई अन्तर्राष्ट्रिय भाषा, संस्कृति सीप र प्रविधि सम्बन्धी जानकारी र ज्ञान होस् भने हेतुले विभिन्न देशका भोलिन्टियरहरूलाई आमन्त्रण गरी विद्यालयमा ज्ञान र सीपको आदानप्रदान गरिरहेको जानकारी गराउँदै स्वयंसेवी शिक्षिकालाई धेरै धेरै धन्यवाद र आगामी दिनमा पनि उहाँलाई स्वागत गर्ने इच्छा व्यक्त गर्नुभयो। कार्यक्रम मा र प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले खादाओदाई विदाई गर्नु भएको थियो भने विद्यार्थीहरूले पनि विभिन्न उपहारहरू प्रदान गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन कक्षा ७ का छात्राहरू एन्जिला श्रेष्ठ र नाइरा प्रजापतिले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन शिक्षिका सन्ध्या झा ले गर्नुभएको थियो।
फाेटाेमा हेर्नुहाेस्...
