समाज परितर्वनको मुख्य आधार शिक्षा


चैत ८, २०८२, आइतबार | राति ०९:१३ बजे | 135


समाज परितर्वनको मुख्य आधार शिक्षा

भक्तपुर, ८ चैत । देशभित्र सञ्चालित उच्च शिक्षण संस्थाहरू गुणस्तरका न्यूनतम मापदण्ड पूरा गरी सञ्चालित छन् भन्ने सुनिश्चितताका प्रयोजनार्थ विश्वविद्यालय अनुदान आयोग, सानोठिमी, भक्तपुरले संस्थागत प्रत्यायन प्रणाली (क्यूएए) लागु गरेको छ । जसअनुसार संस्थागत प्रत्यायन प्राप्त गर्नका लागि पूरा गर्नुपर्ने प्रक्रियाहरू विश्वविद्यालय अनुदान आयोगले निर्धारण गरेको छ । शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्रको लागि ख्वप कलेजले २०७९ पुस महिनामा दिएको निवेदनअनुसार कार्य अगाडि बढिरहेको र यसै सिलसिलामा विश्वविद्यालय अनुदान आयोगबाट गठन गरिएको समकक्षी परीक्षण टोलीबाट आइतबार ख्वप कलेजको कार्य शुभारम्भ गरेको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख एवं ख्वप कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा भएको उक्त शुभारम्भ कार्यक्रममा उहाले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरू देशकै परिचित संस्थाको रूपमा अगाडि बढिरहेकोमा खुशी व्यक्त गर्नुभयो । समाज परितर्वनको मुख्य आधार शिक्षा भएकोले शिक्षाको महŒवलाई ध्यानमा राखी भनपाले ७ वटा कलेजहरू सञ्चालन गरी कम शुल्कमा गुणस्तरीय शिक्षा दिइरहेको उहाले बताउनुभयो ।

“स्थानीय तहले नै व्यस्थितरूपमा कलेजहरू सञ्चालन गर्न सक्छन् भन्ने उदाहरण ख्वप कलेजहरू हुन्† समाजलाई सुसंस्कृत बनाई सम्पूर्ण जनतालाई नै बुद्धिजीवी बनाउने उद्देश्यका साथ ख्वप कलेजहरू सञ्चालन भइरहेका छन्”, प्रमुख प्रजापतिले भन्नुभयो । कलेज सञ्चालनको लागि आवश्यक भौतिक पूर्वाधार भक्तपुर नगरपालिकाले तयार गरिदिने र सञ्चालन खर्च कलेज आफैले व्यवस्था गर्ने गरी ख्वप कलेजहरू सञ्चालन भइरहेको हुदा कम शुल्कमै गुणस्तरीय शिक्षा दिन सकेकोले ख्वप कलेजहरूमा विद्यार्थी आकर्षण बढ्दो छ”, उहाले स्पष्ट पार्नुभयो । विश्वविद्यालय शिक्षा अनुसन्धानमा आधारित हुनुपर्ने मान्यतालाई मनन गरी ख्वप कलेजहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय गोष्ठीहरू सञ्चालन गरिरहेको र यस्ता सम्मेलनहरूलाई बढावा दिन कलेज सञ्चालक समितिले प्राथमिकता दिइ“दै आएको अध्यक्ष प्रजापतिल उल्लेख गर्नुभयो ।

स्थानीय तहद्वारा सञ्चालित कलेजहरू स्वतः सरकारी कलेज भएकोले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजहरूलाई आड्डिक कलेजसरह व्यवहार गर्नुपर्नेमा प्रमुख प्रजापतिले जोड दिनुभयो ।कलेजमा रहेका कमी कमजोरीलाई आत्मसात गर्दै कलेजको प्रगतिको निम्ति कलेज सञ्चालक समिति निरन्तर अगाडि बढ्ने प्रतिबद्धता प्रमुख प्रजापतिले व्यक्त गर्नुभयो ।

विश्वविद्यालय अनुदान आयोगले ख्वप कलेजको लागि गठन गरिएको समकक्षी परीक्षण टोलीका प्रमुख प्राध्यापक सुवास केसीले सरोकारवाला पक्षको अपेक्षा पूरा गर्नु अथवा सरोकारवाला पक्षलाई सन्तुष्ट बनाउनु नै एक प्रकारको गुणस्तर भएकोले सम्बन्ध पक्षले सरोकारवालाको आकङ्क्षा पूरा गर्नेतर्फ लाग्नु जरूरी भएको बताउनुभयो ।

उच्च शिक्षा गुणस्तरीय हुनुपर्नेमा जोड दि“दै प्राध्यापक केसीले केही दिन गर्न योग्य छ भने राम्ररी दिनु जरूरी भएको मान्यताअनुसार काम गर्नुपर्ने आवश्यकता औ“ल्याउनुभयो ।

उहा“ले गुणस्तरीयताको प्रमाणपत्र भनसुन आधारमा नभई कामको नतिजाको आधारमा प्राप्त गर्न सुझाव दिनुभयो ।

भक्तपुर नगरपालिकाले कलेजहरू सञ्चालन गरिरहेको नौलो र प्रशंसनीय कदम भएको उल्लेख गर्दै ख्वप कलेजहरू दक्षिण एसियाकै उदाहरणीय कलेज बन्न सक्ने धारणा उहा“ले व्यक्त गर्नुभयो ।

कलेजका प्राचार्य प्रकाश कुमार श्रेष्ठले स्वागत गर्नुभएको उक्त कार्यक्रममा कलेजले तयार गरेको स्वअध्ययन प्रतिवेदन उपप्राचार्य डा. राजेशकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।

ख्वप कलेजले दिएको जानकारी अनुसार सकमक्षी परीक्षण टोलीले मड्डलबारसम्म कलेजमा बसी परीक्षण गर्नेछ ।

फाेटाेमा हेर्नुहाेस्...

समाज परितर्वनको मुख्य आधार शिक्षा
समाज परितर्वनको मुख्य आधार शिक्षा

Comments

ताजा खबर