सिध्दार्थ विश्वविद्यालय कार्यसमितिको वैठक सम्पन्न


चैत ८, २०८२, आइतबार | साँझ ०६:४३ बजे | 375


सिध्दार्थ विश्वविद्यालय कार्यसमितिको वैठक सम्पन्न

काठमाडौ मिति २०८२ चैत ५ गते समितिका अध्यक्ष आ.के. शाक्यको अध्यक्षतामा सिध्दार्थ विश्व विद्यालय नाला बनेपा कार्यसमितिको महत्त्वपूर्ण वैठक सम्पन्न भएको छ। वैठकमा विश्व विद्यालयको भावि याेजना ,वाैध्द दर्शनकाे अध्ययन अनुसन्धानबारे तथा विभिन्न समसामयिक मुद्दामा विस्तृत छलफल गरिएको छ। समितिका उपाध्यक्ष भन्टे प्रशन्न महास्तविर र अन्य पदाधिकारीहरूले विश्व विद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमै वाैध्द अध्ययन केन्द्रका रूपमा  विकास गर्ने लक्ष्य सहित विभिन्न प्रस्तावहरू प्रस्तुत गरिएका थिए।अध्यक्ष आर के शाक्यले विश्व विद्यालयको दिर्घकालिन विकासका लागि सबै पक्षको सहयोग आवश्यक रहेको र हाम्रो पनि स्पष्ट योजना  र सहकार्य आवश्यक रहेको वताएका थिए। वैठकले केही महत्त्वपूर्ण निर्णयहरू गर्दै आगामी दिनहरूमा विश्व विद्यालयका गतिविधिहरूलाई थप व्यवस्थितरूपमा लैजाने प्रतिबद्धता सहित वैठक समापन भएको छ।

समाचारदाता- प्रताप राना

फाेटाेमा हेर्नुहाेस्...

Comments

ताजा खबर