अव जनतासँंगै बसेर जनताको सेवामा
चैत ७, २०८२, शनिबार | राति ०९:५१ बजे | 260
भक्तपुर । प्रभात इगलिस स्कूलले ४४ औं वार्षिकोत्सवको अवसरमा जेष्ठ नागरिकहरुलाई सम्मानित भएका छन् । भक्तपुर नगरपालिका वडा नं. २ का ५६६ र ६ ४६९ जना जेष्ठ नागरिकहरुलाई दोसल्ला ओलाएर र सम्मान पत्रबाट सम्मानित गरिएको हो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनितिज्ञ नारायणमान विजुक्छेले जेष्ठ नागरिकहरुलाई सम्मानित गरेका हुन । नयाँ पुस्तालाई मातृभाषा एवं सिष्ट भाषाशैलीको ज्ञानसिप दिन आवश्यक भएकोमा जोड उहाँले दिनुभयो । हामी पछाडि पर्यौं भन्ने व्यापक चित्त दुखाई र गुनासो के रहेछ भनेर टोलटोलमा बुझ्दा नगरपालिकाले राम्रो काम नगरेको, कर्मचारीले हप्काउने बोली बोलेको, स्कूल अस्पतालका कर्मचारीहरुको समेत त्यस्तै व्यवहार भएर जनता चिडिएको भन्ने जनगुनासो सुन्नेको उहाँले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले नयाँ पुस्तामा साँस्कृतिक आदानप्रदान गर्न एक अर्को देशको भाषा र संस्कृतिबारे पनि अध्ययन गर्न आवश्यक भएको भन्दै उहाँले प्रभात इग्लिस स्कूललाई सरकारी सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालन गरी विद्यालय शिक्षालाई गुणस्तरीय बनाउँदै आएको बताउनुभयो । घरको जग जस्तै विश्वविद्यालयको जग बलियो बनाएर प्रभात स्कूलले राम्रो र प्रतिस्पर्धी विद्यार्थी तयार पार्न लागि परेको बतउनुभयो । उहाँले नयाँ पुस्तालाई हिजो भन्दा आज झन राम्रो बनाउन शिक्षकहरु लागिपरेको चर्चा गर्दै देशभरकै नमूना विद्यालयको रुपमा प्रभात इग्लिस स्कूल अभिभावकहरुको सहभागितामा सञ्चालित रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, वागमति प्रदेशका सांसद सृजना सैंजू, किसान नेता गोविन्द दुवाल सहितका अतिथिहरुले भक्तपुरको शैक्षिक विकासका लागि प्रभात स्कूलले खेल्दै आएको गुणस्तरीय र व्यवहारिक शिक्षाका भूमिकाबारे प्रकाश पारेका थिए । सार्वजनिक शौचालय र भंसी आहालको रुपमा रहेको ठाउँलाई २०३८ सालमा विहानी कक्षाको रुपमा प्रभाव मावि र दिवा कक्षाको रुपमा प्रभात इग्लिस स्कुल सञ्चालन गरी हाल प्रभात इग्लिस सेकेण्डारी स्कुल सञ्चालनमा रहेको स्थानिय अभिभावक आशकुमार कोजूले बताए । हाल हजारौ विद्यार्थीहरुलाई नर्सरीदेखि कक्षा १० सम्म अध्ययन अध्यापन गदै आएको विद्यालयका प्रिन्सिपल बन्दना प्रजापतिले जनाएको छ । वार्षिकोत्सवको अवसरमा विद्यार्थी एवं शिक्षक र अभिभावकहरुले साँस्कृतिक कार्यक्रम आयोजना गर्दै देशभक्ति र सामाजिक विषयवस्तुहरुमा आधारित साँस्कृतिक कार्यक्रम समेत आयोजना गरेको थियो ।
हामी हारयौ भनेर दुःख नम्मानु होलाः प्रेम सुवाल
राजनीतिक परिपक्षेमा बोल्दै भक्तपुर क्षेत्र नं १ बाट नेपाल मजदुर किसान पार्टीकोतर्फबाट उम्मेदबार बनेको प्रेम सुवालले आफनो हारमा चित नदुखाउन सवैसँंग अनुरोध गरे । चुनाव भनेको हावाहुरी जस्तै हो, उनले भने, कहिले के हुन्छ कहिले के, त्यसकारण हामी हारयौं भनेर दुःख नमान्नुहोला । आफूहरु जिते पनि जनताको सेवा गर्ने र हारे पनि जनताको सेवा गर्ने भएकाले चिन्ता नलिन उनको अनुरोध छ । संसदमा पुगेर जनताकै सेवामा लाग्थ्यौं, उनले भने, अव जनतासँंगै बसेर जनताको सेवामा वस्छौं ।
फाेटाेमा हेर्नुहाेस्...
