चुनाव घोषणापत्रको लडाई हो
फाल्गुन १६, २०८२, शनिबार | दिउँसो ०२:१५ बजे | 125
कुमार लघु,ख्वप नेपाल
भाइ बहिनीहरू नमस्कार,शुभ विहानी आज मैले विहानको पहिलो प्रहारमा नेपाल मजदुर किसान पार्टीको घोषणापत्र पढ्ने अवसर मिल्यो । मेरो टोलमा दिदी बहिनी र पार्टीको कार्यकर्ताहरू पाल्नु भएर नमस्कार घोषणापत्र र अन्य मत नमूना पत्र र पठनिय सामाग्री दिएर मत मादल चिन्हमा राख्न र परिवारलाई समेत स्थानीय पार्टी कार्यकर्ताहरू आउनु भएर मत र अन्य आर्थिक सहयोगको पायड लिएर आउनु भएको कुरा देखे मैले पनि विहानै आर्थिक सहयोग थोरै गरे क्षमताले भ्याएको कुरा मेरा भाईहरूलाई दिन्दैछु । जहाँजता पनि लिने र दिन सकेको गर्नुपर्छ । हामीले धेरै दिनदेखी यस्तै कुराको वारेमा छलफलमा उठाई एक आपसमा वताउने कार्य थालेको तपाईहरूलाई थाहा लागेको हुनुपर्छ । नेमकिपाले चुनाव एक वर्गसङ्गर्ष र राजनैतिक सङघर्ष हो । चुनाव जनताको चेतनास्तर नाप्ने " व्यारोमिटर " हो भनेर चुनावमा बकाईदा होमिन्दै जनतालाई चुनाव पूँजिपतिहरूको खोईरो खनेर जनतालाई प्रशिक्षित पार्दै आउनु भएको छ । साथै जनतालाई संसद भनेको के हो र यसले वा यसमा पार्टी असल कार्यकर्ताहरू बहुमतले जिताएर जनताको निम्ति हित हुने र देशलाई चाहिने नीति र ऐन नियमको खाका यार पार्ने र देशको जिल्लावाट निर्वाचित प्रतिनिधिहरूले पास गराई देशको संविधानमा वन्दाेवस्त गर्न उम्मेदवार र सदको महत्वको वारेमा जन सभा र चुनावी सभा राखेर टोलटोलमा भन्दै बताउदै आएका छन् । संसदलाई जनताको पीर मर्का हेर्ने ,देशको रक्षा गर्ने देशभक्तहरूको जीवन्त सदन वनाउने नेमकिपाले संसदमा आवाज राख्ने छ । भाइ बहिनीहरू कुनै पनि राजनैतिक पार्टीको घोषणापत्रलाई नियाल्नुपर्छ । त्यति मात्र होईन् सकिन्छ भन्ने तुल्ना गर्नुपर्छ । नसके कस्को र के के लेखि राखेको छ ,कस्को सत्य तथ्य वुदाँ उल्लेख गरेकाछन् । तपाईं हामी मजदुर किसानका छोराछाेरीहरूले अध्यनन गरेर यो चिज घोषणापत्रमा राखेकाछन् भनेर आमा बुबा, काकी, काका र आफन्तहरूलाई छलफलमा बताउनु पर्छ । सरकारमा गएका सत्ता चलाउनेहरूले देशको कर्माचारीहरू र देश चलाउन तलव ख्वाउन विदेशिसित ऋण लिएर देशलाई र जनतालाई ऋण बोकाई देशघाती काम विगत र वर्तमान सरकारले गरेको कुरा नेमकिपाले जनतामा स्पष्ट पारेकाछन् । भक्तपुरमा भक्तपुर नगरपालिकाले ख्वप विश्र्वविध्यालय विधेयक संसदको पहिलो अधिवेशनमा पारित गराउन जोड दिने छ । समाजलाई वुध्दिजिवीकरण गर्न चाहिने विश्र्वविध्यालयको वन्दोवस्तमा नेमकिपाले आवाज राख्ने छ । यसरी एक एक पाइला गरेर महत्वपूर्ण देशलाई व्यवस्थित गर्ने लक्ष्य नेमकिपाले लिएका छन् भाइ बहिनीहरू मतदाताहरू केही समय मतदान गर्नलाई र मत यो उम्मेदवारलाई दिन राख्न हेर्ने पर्ने काम वा सुन्ने काम हामीले पनि गर्नु पर्छ है भन्न खोजेको हुँ । संसदमा प्रधानमन्त्री र मन्त्री वन्नको निम्ति मात्र होईन् । यदि हामीले सो घोषणापत्र अध्ययन गर्न समय नभएमा चुनावी सभामा उपस्थिती भएर कुनलाई मत आफूले दिने हो भन्ने निर्णय लिन जनसभामा भाग लिएर छनोट गर्दा राम्रो हो । मैले भन्ने हो भन्ने अहिलेसम्म नेमकिपाले जे घोषणापत्रमा राखे र बोलेको छ त्यसैले यो पटकको मतदान नेमकिपालाई नै मत राखेमा जित्नेछ र हाम्रोको मतको भ्यालु अवश्य रहछ । मत नेमकिपाले जनताको म्यान्डेट अनुसार नेमकिवाले काम गर्ने स्वीकृति उम्मेदवारले पाउनेछन् । बहुमतले अत्याधिक मतले जिताउने काम जनताको हो । अरूतिर सोच्नै पर्दैन् । हसत् भाई बहिनीहरू जहिले पनि असललाई छनोट गर्ने कामले हाम्रो मन सन्तोष रहनेछन् । आजलाई यति कुरा भाइ बहिनीहरू र मतदाताहरूलाई भनेर विदा लिए भए चुनावको निम्ति कुशलको सुअवसर शुभकामनाका साथ विदावारी लिए । चुनाव घोषणापत्रको लडाई हो भन्नुको तात्पर्य चुनावमा घोषणापत्रमा असल वुदाँ दिएर जसले काम गर्छ भन्ने जन विश्र्वाश दिएकाछन् उसलाई भोट दिने अधिकार जनतामा सुरक्षित छ । धन्यवाद , २०८२/११/१६ गते
