हाम्रो देश कतातिर ?
फाल्गुन १६, २०८२, शनिबार | दिउँसो १२:५३ बजे | 95
तुल्सी नारायण लाखेमरु
जिन्दगी भ्रष्टाचारीमा बित्यो, हाम्रो देशमा राम्रो सिद्धान्त हुनेले पाईला राख्नु पाउँदैनन् जहिले पनि चिप्लेकिरा जस्तै चिप्लो चिप्लो कुरा गर्ने कांग्रेस एमाले माओवादि सबै उस्तै हुन् । पूर्व मेची देखि पश्चिम महाकाली सम्मका जनताहरुका समस्या कहिल्यै बुझ्दैनन् । खाली सरकारमा जाने लखंडौलुतको पैसा खर्च गर्ने, चुनाव जित्ने, मासू र भात खुवाएर जित्ने अनि उच्च सगरमाथा पुगेको सम्झिने । काँग्रेसबाट पाँच पटक शेरबहादुर देउवा, चार पटक के.पि. ओली र तीन पटक, प्रचण्ड प्रधानमन्त्री बने तर जनतालाई फाईदा हुने काम सिन्को पनि भाँचिने बरु शरिरको अङ्ग मरुदण्ड देखि नशा नशा, खोला, नाला, नदि सम्म भारतलाई बेच्यो । संविधानको मर्म विपरित काम ग¥र्यो । एमसिसिस, नागरिकता विद्येयक यसका उदाहरण हुन् । यस्ता पार्टिहरुको काम चिप्लेकिराले जता गयो उतै आफ्नो निशाना छोडे जस्तै जनताहरुमा सर्वविधि तै छ । आफ्नो आमा, बुवा सन्तान र देशको अस्तित्व नै बन्धक राखेको घाम जस्तै छर्लङ्ग छ । जनताले आफ्नो घरको चुलो बाल्ने र आर्थिक अवस्था उकास्न बिदेशिन परेको छ । किनभने देशमा कल कारखाना छैन, रोजगारी छैन र बिदेशिनु बाध्यता जस्तै भएको छ आफ्नो र अभिभावक इच्छा बिना पनि ।
उचित रोजगारी र अवसर राष्ट्रले व्यवस्था गरेको भए विदेशिनु नपर्ने थियो । देशको अवस्थाले गर्दा अभिभावकको मानसिकतामा पनि परिवर्तन ल्याउ गा¥हो छ । इष्ट भित्र विदेशी भए आर्थिक सम्पन्नता देखेको समाजले आफ्नो सन्तानलाई पनि आफ्नै देशमा केहि भन्ने मानसिकता हराएको छ ।
आमाबुवाले पनि आफ्नो सन्तानलाई विदेश नजान यतै केहि गरौ भन्न सकेका छैनन् । देश मै रोजगारी र अवसर भएको भए जन आन्दोलन र जेन–जी आन्दोलन हुने थिएन र एउटा मादलको गीतले हृदय राम्रो सफा हुन्छ, आनन्द हुन्छ भने झै एउटा बाक्यले दिमाग सफा हुन्छ । उहिलेको बाजेको पालामा मोहर गन्थे डालामा, अहिले हाम्रो पालामा मकै छैन डालामा भने जस्तै उहिले ल्याप्चे छाप लाउने समयमा मठ–मन्दिर, देवालय, शिवालय सार्वजनिक जग्गा साथै अनगिन्ती प्रर्ति जग्गा गौचरन चित्र तर अहिलेको यो बैज्ञानिक युगमा यिनीहरु लोम भएका छन् सम्बन्धित निकायले उचित जगेर्ना गनुपर्ने देखिन्छ । अहिले यत्र तत्र अलपत्र काँग्रेस, एमाले, माओवादि देश विगार्नेहरुको बदनाम कमाएको छ । स्वस्थ हुन डाक्टर चाहे जस्तै देश बनाउने राजनैतिक डाक्टर चाहियो । त्यसकारण हामीले हाम्रो सोच बदलौं, मादल चिन्हमा भोट हालौं । नमस्कार ।
