चुनावमा भोट....
फाल्गुन ८, २०८२, शुक्रबार | राति १०:२७ बजे | 145
कुमार लघु, ख्वप
नमस्कार भाइ बहिनीहरू , देश चुनावको माहोलमा व्यस्त । चुनावमा जम्मा २५००० मात्र खर्च गर्न पाइछ भन्ने निर्वाचन कार्यालयले भनेको छ । के चुनाव विना खर्चले वा २५००० ले जिताएर आउँला ? अहँ असम्भव नेताहरू करोडाै खर्च गरेर जिताएर आउन अर्वाै घुस, भ्रष्टाचार गरेर खाएको पैसा नै चुनावमा प्रयोग गर्छन् । उम्मेदवारले खर्च नगरि अर्काले खर्च गर्छन् । विगतका पार्टीका उम्मेदवारले सरकारमा जाने उद्देश्यले चुनावमा उठ्छन् त्यहि अनुसार खर्च गरेर जिताउँछन् । सरकारमा फेरी घुस खान्छन् । यी नयाँ र पुराना पार्टीका जो पनि चुनावमा उठ्नु नै घुस खान प्रधानमन्त्री ,मन्त्री ,राष्ट्पति सहायक मंन्त्री उप राष्ट्पति वनेको नै विगतमा झै भारत र अमेरिकाको दलाल भएर परदेशी कुसस्कार बोकाएका अमेरिका र भारतिय विस्तारवादले भेडाबाख्रा झै भनेको गर्नलाई नै दास मानसिकता बोकेका हुन् । विगतमा यी नयाँ पुराना शासक र शासकिए स्वभाव बनी जनतालाई सास्ती ख्वाउन यी भ्रष्टाचारको पोका चुस्न प्रचारमा लाग्नेहरू हुन् । नेपाली जनताले सुख र आनन्दले वसाउन नदिन र भेडाबाख्रा वनाई देश वेच्न अमेरिकाको र भारतको योजना सफल वनाउनलाई घरदैलोमा जनताहरूलाई झुक्याउन र मित्र राष्ट्ले दिएको उपहारहरू जनताको सम्पत्ति ध्वष्ट गरेर आएका हुन् । यी कुलाङ्गार सत्ताको स्वाद चाखेर फेरि जितेमा जुगाले झै सरकारमा बसेर जनताको रगत पिउनलाई आउने हो । विगतमा सरकारमा गएर के के गरियाै भनेर सोध्नुपर्छ । जनताको मादलमा भोट राख्न आफ्ना नातागोताहरूले ती कुकृत्यहरू एक एक गरि वताउन सक्रिय हुनुपर्छ । ती आउनेहरूलाई मुखभरी प्रस्नहरू सोध्ने गर्नु पर्छ । यी दलालहरूले देश वेच्नलाई मित्रराष्ट्हरूले दिएको उपहारहरू सस्तोमा पूँजिपतिहरू र विदेशी दलालहरूलाई वेचेको किन वेचेको भनेर सोध्न नविर्सिनु होला । भोट त मादलमा नै राख्नुपर्छ यो अनुरोध स्विकारनुस् । अमेरिका देश आतंककारी हुन्न् । संसारको जुनसुकै मुलुकमा एनजिआे र आईएनजिआे खोलेर युवाहरूलाई बानी विगारेका हुन्न। युवा पुस्ताहरूलाई विदेशको सस्तो ज्यामी वनाउन सरकारमा गएका मन्त्री र प्रधानमन्त्रीले बेकुव काम गरेकोले जेन्जी पुस्ताहरूलाई सिँहदरवार, सर्वोच्र्च अड्डालत,संसद भवन र अन्य भवनहरू बाल्ने निहुँ पाएको हुन्न। त्यसैले विगतमा अपराधी, बलत्कारी,गुण्डा राजचलाएका चुनावमा जितेर आफ्नै जन्मथलोमा नबसि जिल्लाहरूको फेरि राजधानी मै बसेर जनतालाई दिएको वचन पुरा नगर्ने धोखेवाजहरूलाई मत वा भोट दिनु हन्दैन् भन्दै भक्तपुर वासी र अन्य ईष्ट मित्रहरूलाई मादलमा भोट राख्न रातो र कालो नमूना पत्रमा छुट्टयाइएको छुट्टा छुटै दुई मत पत्रमा छाप हाल्नुपर्छ भनेर सिकाउन तपाई विध्यार्थीहरू सक्रिय हुनु पर्ने बेला हो । बुबा आमा बाजे बजै काका, काकी ,ठुल्लो बा ठुली आमाहरूलाई छाप मतदान भनेको यसरी मत राख्ने भनेर मादललाई पर्ने र राख्न भोट राख्ने काईदा अहिले नै सिकाउनुस् । मादल त आखिर जनताकै मादल हो । जनताको आवाज संसदमा धन्काउन मादललाई नै जिताउनुपर्छ। यहाँ धनिहरूलाई जता गए नि प्रजातान्त्रिक व्यवस्था छ। गरिवहरूलाई प्रजातान्त्रिक व्यवस्थापनले गाँस वास आदि सुरक्षित गर्नपर्छ । संसद भनेको कानून र योजना बनाउने ठाउँ हो । पूँजिपतिहरूलाई संसदमा पठाउनु वा मत दिनु हुदैन् । फेरि देशमा खतरा निम्ति छ। तपाईको भोट मादलमा हुनुपर्छ । अनि हाम्रो देशको सार्वभाैमिकता जोगाउन बल मिल्नेछ । राष्ट्को धरोहर वेच्ने जस्तो नदीनाला ,कलकारखाना वन जङ्गल देशको सिमाना कलापानी सुस्ता आदिलाई सम्झनुस् । राष्टि्य सम्पत्तिलाई खरानी वनाई राजनीति गर्नेहौलाई जनताले बहिष्कार गर्नुपर्छ। सहकारी गठी गर्नेहरू विभिन्न बाहानामा चुनावमा आईरहेकाछन् । मनले सोचेर मत मादलमा राख्नुस् । तपाईको मनले सन्तोष लिनेछन् । धन्ववाद ,
