विदेशी पुरुषसंग विवाह भएकी महिला उम्मेदवारको अयोग्यताबारेमा प्रतिनिधि सभा सदस्य निर्वाचन प्रक्रीयामा निर्वाचन आयोगको गम्भीर लापर्वाही


फाल्गुन ६, २०८२, बुधबार | साँझ ०५:५० बजे | 145


विदेशी पुरुषसंग विवाह भएकी महिला उम्मेदवारको अयोग्यताबारेमा प्रतिनिधि सभा सदस्य निर्वाचन प्रक्रीयामा निर्वाचन आयोगको गम्भीर लापर्वाही

अधिवक्ता राज कुमार सुवाल, एल.एल.एम., भक्तपुर 

आसन्न फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को निर्वाचन प्रक्रीयामा विदेशी पुरुषसंग विवाह भएकी महिला उम्मेदवारको अयोग्यतामाथि निर्वाचन आयोगले गंभीर त्रुटी गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारहरुको योग्यता सम्वन्धमा नेपालको संविधान कानुनले निर्धारण गरेको योग्यताका सम्वन्धमा आवश्यक सुचना संकलनमा निर्वाचन आयोग चुकेको देखिएको प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४, प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४, प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका २०८२ तथा प्रतिनिधि सभा समानुपातिक निर्वाचन निर्देशिका २०८२ लगायत मतदाता नियमावली ऐन २०७३ तथा मतदाता नियमावली २०७४ समेतमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनका लागि चाहिने न्युनतम योग्यताका सम्वन्धमा निर्वाचन आयोग गम्भीर नभएको देखिएको

नेपालको संविधानको धारा ८४ को उपधारा ले संविधानको धारा ८७ बमोजिम योग्यता पुगेको व्यक्ति संघीय कानुनको अधिनमा रही प्रतिनिधि सभाको सदस्यको उम्मेदवार हुन योग्य हुने व्यवस्था गर्दै धारा ८७ को उपधारा को देहाय () ले संघीय कानुनले अयोग्य नभएको व्यक्ति हुनपर्ने व्यवस्था गर्दै धारा २९१ ले समेत योग्यता निर्धारण गरेको परिप्रेक्षमा उम्मेदवारको योग्यता सम्वन्धि संघीय कानुनी व्यवस्था यसप्रकार गरिएको पाइन्छ

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ ले उम्मेदवारको योग्यताको सम्वन्धमा व्यवस्था गरि सोको देहाय () ले मतदाता नामावलीमा नाम समावेश भएको देहाय () मा कुनै संघिय कानुनले अयोग्य नभएको हुनपर्ने व्यवस्था गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम बमोजिम उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने क्रममा निजले मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्न पर्ने व्यवस्था रहेको परिप्रेक्ष्यमा त्यस्तो मनोनयन दर्ता गर्ने उम्मेदवारको अयोग्यता सम्वन्धि प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १५ बमोजिम उजुरी दिने प्रयोजनको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारहरुको योग्यता सम्वन्धमा प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को परिच्छेद उम्मेदवारको मनोनयन अन्तर्गत दफा १५ मा उम्मेदवारको योग्यता सम्वन्धी व्यवस्था गर्दै सोको देहाय () मा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने देहाय () मा कुनै संघीय कानुनले अयोग्य नभएको हुन पर्ने व्यवस्था गर्दै दफा १६ ले उम्मेदवारको अयोग्यता सम्वन्धि व्यवस्था गर्दै सोको देहाय () मा दफा १५ बमोजिम योग्यता नभएको, देहाय () मा संविधानको धारा २९१ विपरित विदेशी मुलुकको स्थायी आबासीय अनुमती प्राप्त गरेको अवस्थामा उम्मेदवार हुन अयोग्य हुने व्यवस्था गरेको साथै उम्मेदवार बन्न मतदातामा नाम दर्ता भएको हुनुपर्ने पुर्व शर्त रहने व्यवस्था तथा प्रतिनिधि सभा समानुपातिक निर्वाचन निर्देशिका २०८२ को दफा परिच्छेद उम्मेदवारको बन्दसूची पेश गर्ने सम्वन्धी व्यवस्था अन्तर्गत दफा १३() ले उम्मेदवारको बन्दसूची पेश गर्दा सो सूचीमा रहेका प्रत्येक उम्मेदवारको नेपाली नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपी मतदाता नामावलीमा नाम समावेश भएको अनुसुची १३ बमोजिमको निस्सा समेत संलग्न गर्नुपर्ने व्यवस्था गरेको दफा १४ मा उम्मेदवारको योग्यता सम्वन्धी व्यवस्था गर्दै सोको देहाय () मा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने देहाय () मा कुनै संघीय कानुनले अयोग्य नभएको हुन पर्ने व्यवस्था गर्दै दफा १५ ले उम्मेदवारको अयोग्यता सम्वन्धि व्यवस्था गर्दै सोको देहाय () मा दफा १४ बमोजिम योग्यता नभएको, देहाय () मा संविधानको धारा २९१ विपरित विदेशी मुलुकको स्थायी आबासीय अनुमती प्राप्त गरेको अवस्थामा उम्मेदवार हुन अयोग्य हुने व्यवस्था गरेको परिप्रेक्ष्यमा मतदाता नामावली ऐन, २०७३ मा गरिएको मतदाता सम्वन्धि योग्यता व्यवस्था उम्मेदवारको योग्यताको परिप्रेक्ष्यमा महत्वपुर्ण रहेको

मतदाता नामावली ऐन, २०७३ को दफा () ले मतदाता नामावलीमा नाम दर्ता भएको दफा बमोविमको व्यक्तिलाई मतदाताको रुपमा परिभाषित गर्दै दफा मा मतदाता सम्वन्धि व्यवस्था गर्दै प्रतिनिधि सभाको सदस्य निर्वाचनमा मतदान गर्ने प्रयोजनका लागि आयोगले अन्तिम मतदाता नामावलीमा नाम समावेश गरेको प्रतिनिधि सभाको सदस्यको निर्वाचनका लागि सम्वन्धित निर्वाचन क्षेत्रभित्रको गाउँपालिका वा नगरपालिकाको वडामा स्थायी बसोबास भएको व्यक्ति मतदाता हुने व्यवस्था गरेको दफा ले त्यस्तो व्यक्तिको मतदाताको रुपमा नाम दर्ता गर्ने सम्वन्धमा व्यवस्था गर्दै आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको मितिमा अठार बर्ष उमेर पूरा भएकाृे, कुनै निर्वाचन क्षेत्रभित्रको कुनै गाउँपालिका वा नगरपालिकाको सम्वन्धित वडामा स्थायी बसोबास भएको नेपाली नागरिकको नाम मतदाता नामावलीमा दर्ता गरिनेछ व्यवस्था गरेको

मतदाता नामावलीमा नाम दर्ता हुनका लागि सम्वन्धित गाउँपालिका वा नगरपालिकाको वडामा स्थायी वसोबास गरेको हुनपर्ने विषय आधारभूत योग्यताको रुपमा लिदैं मतदाता नामावली ऐन, २०७३ को दफा            को उपदफा () ले दफा को खण्ड () को प्रयोजनको लागि कुनै गाउँपालिका वा नगरपालिकाको सम्वन्धित वडामा स्थायी बसोबास गर्दै आएको व्यक्तिलाई स्थायी रुपमा बसोबास गरेको मानिनेछ उपदफा () ले उपदफा () मा जुनसुकै कुरा लेखिएको भए तापनि () कुनै निर्वाचन क्षेत्रको कुनै गाउँपालिका वा नगरपालिकाको वडाको मतदाता नामावलीमा नाम दर्ता भएको व्यक्ति जनप्रतिनिधि निर्वाचित भई आफ्नो पदावधिको समयमा त्यस्तो निर्वाचन क्षेत्रमा अनुपस्थित रहेको अवस्था, () कुनै व्यापार, व्यवसाय, रोजगार, अध्ययन, अध्यापन, सरकारी वा गैरसरकारी सेवा, औषधि उपचार वा अन्य कुनै काम विशेष वा कारणले वा कानुन बमोजिम थुना वा कैदमा रहेको कारणले आफ्नो नाम दर्ता भएको निर्वाचन क्षेत्रको गाउँपालिका वा नगरपालिकाको सम्वन्धित वडामा अनुपस्थित रहेको अवस्थाको बसोबासलाई समेत स्थायी रुपमा बसोबास गरेको मानिने व्यवस्था गरेको

मतदाता नामावली ऐन, २०७३ को दफा ले स्थायी बसोबास गरेको नमानिने अवस्थाका सम्वन्धमा व्यवस्था गर्दै दफा को खण्ड () को प्रयोजनको लागि () कसैको घर कुनै उद्योग, व्यापार वा पेशा सञ्चालन गर्ने वा कार्यालय राख्ने प्रयोजनको लागि भाडामा लिइएको रहेछ भने सोही आधारमा मात्र घर भाडामा लिने व्यक्ति निजका परिवार, () सरकारी, अर्धसरकारी तथा गैर सरकारी संस्थाको कार्यालयमा कार्यरत कर्मचारी त्यस्तो कार्यालयमा काम गर्ने कर्मचारीका लागि बनाइएको आवास गृह, सैनिक , प्रहरी वा सशस्त्र प्रहरी ब्यारेक, अस्थायी शिविर तथा आवास गृह, औद्योगिक प्रतिष्ठान तथा त्यस्तो प्रतिष्ठानमा काम गर्ने कर्मचारी तथा कामदार बस्नको लागि बनाइएको बासस्थान, अस्पताल, चिकित्सालय, नर्सिङ होम, विद्यालय, क्याम्पस तथा छात्राबास, अनाथालय, बृद्धाश्रम, कारागार, तथा यस्तै अन्य स्थानमा बस्ने व्यक्तिलाई त्यसरी बसेको गाउँपालिका वा नगरपालिकाको सम्वन्धित वडामा स्थायी बसोबास गरेको मानिने छैन भन्ने व्यवस्था गरेको

बैबाहिक कारणले बासस्थान परिवर्तित हुने

नेपाली नागरिकको बासस्थान सम्वन्धमा मुलुकी देवानी संहिता २०७४ को दफा ८७ ले पतिको घर बासस्थान मानिने व्यवस्था गर्दै पति पत्नीले आपसी समझदारीमा छुट्टै बासस्थान निर्धारण गरेकोमा बाहेक पत्नीको बासस्थान पतिको घरमा कायम भएको मानिनेछ भन्ने व्यवस्था गरेको यस कानुनी व्यवस्थाले विवाह पश्चात नेपाली महिलाको बासस्थान अर्थात स्थायी बसोबासको ठेगाना विवाहित पतिको घरठेगानाको कायम हुन्छ

बैवाहिक कारणले कुनै मतदाताको बसाई सरेको वा बासस्थान परिवर्तन भएको अवस्थामा विवाह पश्चात बसिआएको गाउँपालिका वा नगरपालिकाको सम्वन्धित वडामा दर्ता गर्न सकिने व्यवस्था मतदाता नामावली ऐन, २०७३ को दफा उपदफा () ले गरेको जसमा कुनै गाउँपालिका वा नगरपालिकाको

फाेटाेमा हेर्नुहाेस्...

विदेशी पुरुषसंग विवाह भएकी महिला उम्मेदवारको अयोग्यताबारेमा प्रतिनिधि सभा सदस्य निर्वाचन प्रक्रीयामा निर्वाचन आयोगको गम्भीर लापर्वाही

Comments