अब हाम्रोलाई होइन, राम्रोलाई भोट गरौं


फाल्गुन ५, २०८२, मङ्गलबार | दिउँसो १२:०१ बजे | 170


अब हाम्रोलाई होइन, राम्रोलाई भोट गरौं

लोकतन्त्रको वास्तविक अर्थ जनताले सही प्रतिनिधि छनोट गर्नु हो। तर हाम्रो समाजमा अझै पनि भोट हाल्दा योग्यता,  इमानदारी  काम गर्ने क्षमताभन्दा पनि आफन्तचिनजानजाति वा पार्टीको नामलाई प्राथमिकता दिने चलन गहिरो छ। यसै कारण बारम्बार अयोग्य  गैरजिम्मेवार व्यक्तिहरू सत्तामा पुगिरहेका छन्  देशको विकास अपेक्षित रूपमा हुन सकेको छैन।

अब समय आएको हाम्रो सोच परिवर्तन गर्ने। “हाम्रो मान्छे” ले मात्र देश बनाउँछ भन्ने भ्रम त्याग्नुपर्छ। जनताको समस्या बुझ्नेपारदर्शी रूपमा काम गर्नेभ्रष्टाचारविरुद्ध उभिन सक्ने  दीर्घकालीन विकासको दृष्टिकोण राख्ने व्यक्तिलाई नै भोट दिनुपर्छ। व्यक्ति कुन पार्टीको हो वा हाम्रो व्यक्तिगत सम्बन्ध कस्तो  भन्ने कुरा गौण हुनुपर्छ।

सही उम्मेदवारलाई भोट दिनु भनेको आफ्नै भविष्य सुरक्षित गर्नु हो। शिक्षितसचेत  जिम्मेवार मतदाताले मात्र देशलाई सही दिशामा लैजान सक्छन्। त्यसैले आउँदो चुनावमा भावनाभन्दा विवेक प्रयोग गरौं। अब हाम्रोलाई होइनराम्रोलाई भोट दिऔँदेश  भावी पुस्ताको उज्ज्वल भविष्यका लागि।

रिपिसा उलक

जेँला, भक्तपुर

Comments