यस्तो छ नेमकिपाको घोषणापत्रका मुख्यमख्य विषयहरु


फाल्गुन ३, २०८२, आइतबार | साँझ ०६:४१ बजे | 145


यस्तो छ नेमकिपाको घोषणापत्रका मुख्यमख्य विषयहरु

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गरेको छ । सार्वजनिक घोषणापत्र कार्यक्रममा वितरित घोषणापत्रको सारसंक्षेप यस प्रकार रहेको छ । 
देश र जनताको निःस्वार्थ सेवा गरौं । समाजवादी प्रचार अभियान अगाडि बढाऔं । मादल चिह्नमा छाप लगाऔं ।
पत्रकार मित्रहरू
नेपाल मजदुर किसान पार्टीको स्थापना देश र जनताको निःस्वार्थ सेवा गर्न २०३१ साल माघ १० गते भएको हो। स्थापनाकालदेखि पार्टीले किसान आन्दोलन, देशको सार्वभौमिकता रक्षा आन्दोलन र साम्राज्यवादविरोधी आन्दोलनको नेतृत्व गर्दै आएको छ ।
३५ वर्ष यता पालैपालो सरकारमा गएका शासक दहहरूले देश र जनताको समस्या समयमा समाधान गर्न सकेनन् र सम्भावित दुर्घटनाको पूर्वानुमान पनि गर्न सकेनन् । भदौ २३ र २४ गतेको घटना पछि चुनावी सरकार गठन, प्रतिनिधिसभा विघटन र यही फागुन २१ गतेलाई निर्वाचन घोषणा भयो ।
निर्दलीय पञ्चायती व्यवस्थाको सुरुदेखि नै पार्टीले निर्वाचनलाई उपयोग गरी समाजवादी प्रचार अभियानलाई अघि बढाउँदै आएको छ । निर्वाचन जनतालाई राजनीतिक रूपले शिक्षा दिने बृहत् कक्षाजस्तै हो । निर्वाचन आमूल परिवर्तनको सङ्केत दिने एक ’ब्यारोमिटर’ पनि हो। पार्टीले निर्वाचनलाई उपयोग गरी पूँजीवादी व्यवस्थालाई उदङ्ग्याउँदै आयो । तर, पार्टीले निर्वाचनबाट समाजवाद आउने विश्वास गर्दैन । पार्टीले क्रान्तिकारी संसद्वादलाई व्यवहारमा लागु गर्दै छ ।
प्रजातन्त्र सत्तामा बस्ने पार्टीहरूको मनपरीतन्त्र होइन; न त शासक पार्टीका मुठ्ठीभर नेताहरू पालैपालो प्रधानमन्त्री, उपप्रधानमन्त्री एवम् मन्त्री हुने व्यवस्था नै प्रजातन्त्र हो । प्रजातन्त्र एक जीवनपद्धति हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पनि केही व्यक्ति धनी र असङ्ख्य जनता गरिब हुनेछन् ।
संसद् देशको नीति–निर्माण, बजेट, ऐन, द्वीपक्षीय अथवा बहुपक्षीय सन्धि–सम्झौतामाथि छलफल र निर्णय गर्ने बौद्धिक थलो हो। नेमकिपाले २०४८ सालयता संसद्मा देश र जनताको हितमा प्रखर प्रतिपक्षीको भूमिका निर्वाह गर्दै आएको हो। फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले प्रत्यक्ष निर्वाचनमा १२० उम्मेदवार उठाएको छ । यसमा महिला ५४ जना छन् यो ४५ प्रतिशत हो । पार्टीले समानुपातिक उम्मेदवारमा १०९ जना उठाएको छ । यसमा ५८ जना महिला उम्मेदवार छन् । यो ५३ प्रतिशत हो ।
यो निर्वाचन पनि पुँजीवादी नै हो। पुँजीवादी पार्टीहरूले यो निर्वाचनमा पनि पद, पैसा, पशुबल र सत्ताको दुरूपयोग गर्नेछन् । यो निर्वाचनबाट पनि नेपाली जनताको सुन्दर भविष्यको निर्माण, नयाँ युगको सुरुआत, सुशासन र लोकतन्त्रको जित हुन्छ भन्ने भ्रममा नेपाली जनता पर्नु हुँदैन । निर्वाचनमा नेमकिपाको पक्षमा धेरै मत प्राप्त हुनु आमूल परिवर्तनको लागि परिस्थिति परिपक्व हुँदै छ भन्ने सङ्केत हुनेछ । 
यसपटक पनि नेमकिपाले संसदमा प्रखर प्रतिपक्षीको भूमिका निर्वाह गरी देश र जनताको निःस्वार्थ सेवा गर्ने छ ।
नेमकिपाको भर्खरै सार्वजनिक भएको घोषणापत्रका केही महत्पवूर्ण विषय यहाँ प्रस्तुत गर्दछु ।
नेपाल मजदुर किसान पार्टीले निर्वाचनलाई सधैं दलहरूको घोषणापत्रको सैद्धान्तिक सङ्घर्षको रूपमा लियो र लिंदै छ ।
संसद्‌को मुख्य काम र केन्द्र ुप्रधानमन्त्रीु होइन बरु आवश्यक नीति र ऐनहरूको निर्माण गर्ने हो । संसद्लाई जनताको पीर मर्का हेर्ने, देशको रक्षा गर्ने, देशभक्तहरूको जीवन्त सदन बनाउन आवाज उठाउने छ ।
जन्मको आधारमा नेपाली नागरिकता पाएका विदेशीका छोराछोरीलाई वंशजको आधारमा नेपाली नागरिकता दिने कानुनी व्यवस्था खारेज गराउन र आमा(बुबा दुवै वंशजको नेपाली नागरिकका छोराछोरीमात्र वंशज नेपाली नागरिक हुने कानुनी व्यवस्थाको निम्ति सङ्घर्ष चालु राख्ने छ ।
नेमकिपाले देशको द्रुतत्तर विकास गर्न २०४८ सालदेखि दुर्गम क्षेत्रहरूमा रोपवे ९रज्जुमार्ग०, केबुल कार र सुरुङमार्ग, रेलमार्ग अवलम्बन गर्नुपर्नेबारे सरकारहरूको ध्यान आकर्षित गर्दै आएको हो ।
सरकारहरूले कर्मचारीलाई तलब खुवाउन ऋण लिने र ऋणको सावाँ ब्याज तिर्न पनि ऋण लिने गरेको देशघाती कामको विरोध चालु रहने छ ।
भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण र ठूला भ्रष्टाचारीलाई ज्यान सजायसमेत हुने कानुनी व्यवस्था बनाउन निरन्तर सङ्घर्षरत रहने छ ।
भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने ख्वप विश्वविद्यालयको विधेयक संसद्‌को पहिलो अधिवेशनबाट पारित गराउन जोड दिने छ । समाजलाई बुद्धिजीवीकरण बनाउने अभियानको अगुवाइ विश्वविद्यालयहरूलाई गराउन आवाज राख्ने छ ।
विश्वविद्यालयका उपकुलपति, रेक्टर, रजिष्टारहरु, संवैधानिक आयोगका पदाधिकारी, सेना र प्रहरीका प्रमुख, न्यायालयका न्यायाधिशहरूको सम्बन्धित क्षेत्रबाट निर्वाचित गराएर नियुक्ति गर्न आवाज उठाउने छ ।
निर्वाचित जनप्रतिनिधिहरू आ(आफ्‌नै जिल्लामा बसेर जनताको सेवा र देशको सन्तुलित विकास गर्न पाउने कानुनी व्यवस्था गराउनु जरुरी छ ।
सर्वसाधारण जनतालाई थप सेवासहित स्वास्थ्य बीमाको उपचार प्रभावकारी बनाउन जोड दिने छ ।
केही वर्षदेखि नेपालमा संसदबारे ुहाजिर गरेर भत्ता पचाउनेु, ुरातो राहदानी बेच्नेु र ुखाली सहुलियत खोज्नेहरूको संस्थाु जस्ता शब्द र वाक्यांशहरू जनताबाट प्रयोग भयो( बसमा, चिया पसल र चौतारीहरूमा समेत ।
लाखौं नेपाली युवालाई विदेश पठाउँदा देशको कृषि अर्थतन्त्रमा बज्रपात भयो। कृषि उत्पादन बढाउन आवश्यक र सम्भव ठाउँहरूमा सिंचाइका नहरहरू बनाउन सङ्घर्ष गर्ने छ । मल(कारखाना र बिउविजनको बन्दोवस्त अर्को महत्त्वपूर्ण विषय हो ।
मध्यम, गरिब, खेती किसान र खेतीहर मजदुरकै निम्ति सहकारी संस्थाको बढी महत्त्व हुन्छ । खेतीको काम सिधिनासाथै उनीहरूलाई सहकारीमार्फत घरघरमा काम गर्ने, कुटीर व्यवसाय, ससाना घरेलु र साना उद्योगको बन्दोबस्त गराउन जरुरी छ। यो बन्दोवस्त भए कतिपय सहकारी संस्थामा भइरहेको ठगी नियत्रण हुनेछ ।
नेपालमा सहकारी मन्त्रालयका मन्त्री र विभागका माथिल्ला कर्मचारीहरूले सहकारी संस्थाहरूलाई ुनिजी बैङ्कु को रूपमा ुबचत र ऋण सहकारी संस्थाु बनाएर ठूल्ठूला निजी बैङ्कहरूको दलाल बनाउने अपराध गरे ।
माथिल्लो कर्णाली देशको सबभन्दा ुसस्तोमा विद्युत् उत्पादनु हुने योजना नेपाली जनताको सपना हो । नेपालमा उत्पादित सबै जलविद्युत्‌को भण्डारण भारतमा रहने सन्धी सम्झौता खारेज गराउन सङ्घर्ष चालु राख्ने छ ।
भेनेजुयलामाथि हमलापश्चात अमेरिकी साम्राज्यवादले ल्याटिन अमेरिकाको समाजवादी देश क्युवामाथि लगाएको नाकाबन्दी झन् कठोर बनायो । मादुरो दम्पतीको रिहाईको लागि नेमकिपाले विरोध प्रदर्शन र काठमाडौं स्थित अमेरिकी राजदूतावासमार्फत राष्ट्रपति ट्रम्पको ध्यानाकर्षण गरायो । एमसीसी र एसपीपी खारेज गराउन नेमकिपाले निरन्तर सङ्घर्ष गर्नेछ
ुइप्स्टिन फाइलु ले संयुक्त राज्य अमेरिका र पश्चिमा नेतृत्वको अपराध र पशु व्यवहार उदाङ्गिएको छ ।
नेमकिपाको अघिल्ला घोषणापत्रमा जोड दिइएको एक एक बुँदा यहाँ उल्लेख गरिएको छ स्(
( प्रजातन्त्र सत्तामा बस्ने पार्टीहरूको मनपरीतन्त्र होइन। दुई ठूला पार्टीहरूले पालैपालो जनतामाथि
शासन गर्ने हो भने कामदार वर्गको निम्ति प्रजातन्त्र रहने छैन ।
९२०४८ बैशाख २९ सम्पन्न०
प्रजातन्त्र र समाजवाद देखाउने दाँत होइन, बरु जीवन पद्धति र व्यवहार हो ।
९२०५१ कार्तिक २९ सम्पन्न०
( देशघाती सन्धि(सम्झौता गर्ने शासक दल र तिनका मतियारहरूलाई जनताले आज नभए भोलि सजाय दिनेछन् ।
२०५६ बैशाख २० र जेठ ३ सम्पन्न
पुँजीवादी व्यवस्थाको हरेक निर्वाचनमा पद, पैसा, पशुवल र सत्ताको दुरुपयोग हुन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि केही व्यक्ति धनी र असङ्ख्य जनता गरिब हुनेछन् ।
२०६४ बैशाख २८ मा सम्पन्न
संविधान साध्य होइन, साधन हो र त्यो साधन विखण्डनकारीको अनुकूल बन्न दिनु हुँदैन ।
२०७० मंसिर २१ सम्पन्न
राजनीतिक दल एक चिन्तनको चौतारी हो। नेमकिपा निर्वाचनबाट समाजवाद स्थापना हुन्छ भन्नेमा विश्वास गर्दैन ।
२०७४ मंसिर २१ सम्पन्न
जन्मको आधारमा विदेशीलाई दिइएको नेपाली नागरिकता खारेज गर्नु जरुरी छ । नेपालजस्तो कृषिप्रधान देशमा पहिलो प्राथमिकता कृषिमै दिनु आवश्यक छ ।
२०७९ मङ्सिर ४ गते सम्पन्न
समाजमा आमूल परिवर्तन चाहने सम्पूर्ण मजदुर, किसान, युवा, विद्यार्थी, महिला, शिक्षक, प्राध्यापक, बुद्धिजीवी, कर्मचारी, सेना, प्रहरी, उद्योगी व्यापारी, लेखक, कवि, कलाकार, डाक्टर, इन्जिनियर, स्वास्थ्य कार्यकर्तालगायत देशभक्त नेपाली जनता सबैलाई यही फागुन २१ गते हुने निर्वाचनको मतपत्रमा समानुपातिक र प्रत्यक्ष दुवैमा नेमकिपाको चुनाव चिह्न ुमादलु मा छाप लगाई नेमकिपाका उम्मेदवारहरूलाई विजयी गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ ।
मिति स् २०८२ फागुन ३ गते
नेपाल मजदुर किसान पार्टी

फाेटाेमा हेर्नुहाेस्...

यस्तो छ नेमकिपाको घोषणापत्रका मुख्यमख्य विषयहरु

Comments