विदेशी सामू घुँडा टेक्नेलाई भोट दिनुहुन


माघ २७, २०८२, मङ्गलबार | विहान १०:०२ बजे | 105


विदेशी सामू घुँडा टेक्नेलाई भोट दिनुहुन

तुल्सी नारायण लाखेमरु
भताभुङ्ग देशमा लथालिङ्ग चाला विदेशी सामु घुँडा टेक्ने दलालहरुलाई भोट दिए मन दुख्छ, जिउँनै सिरिङ्ग हुन्छ । देशको ड्राईभर गतिलो भए, इमान्दर भए देश नै राम्रो हुन्थ्यो र सहरदेखि स्थानिय निकाय सम्म राम्रो हुन्थ्यो । मित्र राष्ट्र चिन सरकारको सहयोगमा स्थापित दर्जनौँ कल कारखाना कौँडिको मूल्यमा विक्रि ग¥यो । हाम्रो समाजमा पनि दुई बोतल वियर र रक्सीको भरमा बिक्ने प्रशस्त पाईन्छन् । आफ्नो छोरा छोरी सन्ततिहरुलाई शिक्षा संस्कृति, रहन सहन, आदर गौरवका कुरा छोरा छोरीहरुलाई संस्कार दिनुको सत्ता शैतानको व्यवहार सिकाउने गर्छन् र आफ्नो खुटामा आफै बञ्चरो हान्छन् । देशघाती एमसिसि, नागरिकता विद्येक पास गर्छन् । सम्झौताहरु पास गर्ने ड्राइभरहरु कांग्रेस, एमाले, माओवादि समेत देश वर्वाद पार्नको लागि छिन छिनमा गठबन्धन गर्छन् । कांग्रेस नेता गगन थापा (भावी प्रधानमन्त्री) एमसिसि पास ग¥र्यो भने चारपाटा मोडेर थानकोट कटाईयोस् भन्छ घरि छाती थोकेर एमसिसि पास गर्न सक्छु भन्छ । अरु राष्ट्रसँग मागेर देश चलाउने कस्तो देशको ड्राइभर भन्छ । त्यसरी देश चलाउने भनेको तपाई हाम्रो सिरानीमा अमेरिकन सर्प राखेर सुत्नु जस्तै भयो । एक छाक खानको लागि आ–आफ्नो स्वार्थको निमित्त पार्टीको सहानुभूती, अर्थमता सस्कारको पालना नगरि पोईला जान्छन् । प्रजातन्त्रको नाउँमा लुटतन्त्र गर्छन । उनीहरुमा इज्जत प्रतिस्था हुदैन । धन सम्पत्ति टन्नै हुन्छ । 
ततकालिन समयमा सुर्यविनायक नगर हस्पिटल उद्घाटनमा मैले जिज्ञासा राखे कि के.पि. तपाई प्रधानमन्त्री हुनुहुन्छ र एमसिसि कुनै हालतमा पास नगर्नुस् बरु तपाई सगरमाथा जस्तै उच्च बन्नुस् । उद्योगमन्त्री महेश बस्नेतलाई पनि भनेको थिए । भक्तपुरमा ख्वप विद्यालयको स्वीकृति नदिनु विशाल पार्टिको विशाल मन नभएको ठहरियो । माओवादी जन आन्दोलनमा १७ हजार मानिस र भर्खरै जन्जी आन्दोलनमा ७६ ज्यान गुमाएको व्यक्तिहरुको जिम्मा कस्ले लिने हो ? देशको प्रमूख संरचनाहरु जलेको जिम्मा कसले लिने, खरबौको क्षतिको जिम्मा कसले लिने ? शासक वर्गहरु जसरी एउटा माहुरी फुलमा भुल्छ भने जस्तै त्यस्तै गरी शासक वर्गहरु चास्नीमा भरिरहने गर्छन् । तर ने.म.कि.पा ले सडक देखि सदन सम्म एमसिसिको विरोध गरेको छ । आमाले आफ्नो सन्तानको माया गरे जसरी नै ने.म.कि.पा. ले आफ्नो देश चन्द्र–सुर्य जस्ते ठान्छन् । आमाको ऋण कसैले तिर्न सक्दैन । अन्तमा यति भन्छु भाले भएको अण्डाले मात्र चल्ला कात्न सक्छन् । प्यास लाग्यो भनेर जसरी विष खानु हुदैन त्यसैगरी नयाँ भन्दैमा विदेशी दलाल र मतियारलाई भोट दिनु हुदँैन ।

Comments