संसद भनेको.....
माघ २५, २०८२, आइतबार | राति ०७:०७ बजे | 120
कुमार लघु,ख्वप
यो बेला भक्तपुर र अन्य जिल्लाबासिले मादलमा यी कारणले मत हो । मादल पार्टीलाई निम्न कारणले मत दिने हो । जे बोल्छ त्यही गर्ने पार्टी भएर नै हामी सबैले मादलमा मत वा भोट दिने हो । त्यो मादल पार्टी आफ्नो घोषणापत्रमा नै यदि म वा मेरो पार्टीका उम्मेदवार जिते कार्य गर्छु भनेर पहिला नै उद्घोष गरेर नै अगाडिको पाईला बडाउने वाचा खाएकै हुन्छ ।
मादलले देशभर आफ्ना पार्टीमा वर्षाै वर्ष पार्टीमा लागेर खटेका उकालो आेरालो लागेर हण्डर खाएका कार्यकर्ता वा सदस्यता लिएकालाई उठाई पक्की उम्मेदवार उठाएका हुन्छ । हो त्यस्ता कार्यकर्तालाई नै जनताको मत वा भोटले जिताउने हो । अरू पार्टीले झै आज सदस्य वन्यो आजै भोलि नै उम्मेदवार दिएको हुन्दैन् । सक्रियता भएकैलाई दिने हो ।
को कहाँ हो उठ्नि पाउने र उठाएकाहरू जगैदेखि जनताको सेवा गर्दै आएका कार्यकर्ता नै यो पालि उम्मेदवार भएकाछन् । त्यसैले जनताले मत दिएर भारी फराकिलो अन्तरले मादलका उम्मेदवारले जिताउनु छ । भक्तपुरमा जस्तै जति जिल्लामा उम्मेवार दिएकाछन् भक्तपुरमा जस्तै शिक्षा,स्वास्थ कला सस्कृति ,बिकास निर्माण ,राष्टि्यता, विदेशी आक्रमण ,साना राष्ट्लाई ठूल्ला मुलुकले आक्रमण गर्नेको विरोधमा आवाज वुलन्द गर्नेु र गर्ने , शंसाेधननवादको जनतालाई जानकारी दिने,कला संस्कृतिको संरक्षण र जगेर्ना र पुस्तान्तरण गर्न बाजागाजाको प्रतियोगिता गर्ने , ज्ञान विज्ञानको केन्द्र वनाउने ,शिक्षामा एक घर एक स्नातक व्यक्ति वनाउदै विश्र्व विध्यालय स्थापना गर्ने जमर्को ,एमविविएसको पढाइ गर्ने, व्यक्तित्व विकास ,खेलकूदले राष्टिय र अन्तर्राष्टि्य खेलाडी उत्पादन गर्ने ,पूर्खाको नासो जगेर्ना गर्ने , जनतालाई सिप र रोजगार दिलाउन विभिन्न तालिम दिने र जनतालाई अन्तर्राष्टि्य विषयमा सुशूचित गर्ने भएकोले पनि जनताले मादलको पार्टि ,नेपाल मजदुर किसानलाई भोट दिने विगत २५ वर्ष अगाडि देखि दिएर जिताउन्दै आएको हो ।
मेरो अनुभवमा भक्तपुर, जुम्ला र दैलेख नेमकिपाको बलियो लालकिल्ला हो । पहिले पनि नेमकिपाले यी तीन जिल्लामा जनताले संसद सदस्य जिताएका नै हुन् । ती जनतालाई अग्रिम शुभकामना छ । अरू कसैले छल्लन र छक्याउनलाई मत दिनलाई पैसा दिन आउँछ भन्ने पैसा लिने हो मत मादलमा छाप लगाएर जनताको उम्मेदवार मादललाई जिताउने कर्तव्य हो । नेमकिपाका कार्यकर्ता अनुशासित छन् । नेताले जनता वा कार्यकर्तालाई दिनु पर्ने प्रशिक्षण पनि मजदुर र श्रमिकले नै हरेक दिन वा साप्ताहिकवाट पत्रिकाले निर्देशन राष्टि्य र अन्तर्राष्टिय पत्रिकाले दिईरहेको हुन्छ ।
मजदुर र श्रमिक पत्रिकाले अन्कनतार क्षेत्रमा पनि जानकारी मार्क्शवादी,लेलिनवादी र माआे विचारधारा अनुसार लेख र रचनाले विपक्षको खण्डन र आलोचनाहरू गरेर जनतालाई प्रशिक्षण गरि रहने भएकोले पनि जनताले मादललाई भोट दिन चाहानुको मूल कारण हो । आर्को कारण ३० आै वर्ष अगाडिदेखि नै जनस्वास्थ सस्था खोलेर वर्तमानमा ख्वप अस्पताल खोलेर जनताको सेवा गरेकोले नै जनता नेपाल मजदुर किसान पार्टी पट्टि ठूलो विश्र्वाशले आकर्षित छन् । अहिले पनि भारी मतले विपक्षलाई वा उम्मेदवारहरूलाई हराउने पक्षमा जनताको भेटघाट कार्यमा छन् । कति पटक त बदनामी पार्टीले गठवन्धन गरि हराउन खोजे सकेन पल्टा बाजि खाएर थच्क्क परेर बसेकाछन् । अब नेमकिपालाई मूल्याङ्कन गर्ने जिम्मा र मत दिएर अनुभवको निर्क्याैल गर्ने जिम्मा पनि तपाईं मै छ ।
म त भन्छु तपाईले अरू पार्टीलाई भन्दा नेमकिपालाई मत दिएमा देशको जिल्ला बन्न सक्छ । संसद भनेको विकाश निर्माणको लागि योजना र कानुन वनाउने ठाउँ हो । त्यो ठाउँमा विज्ञ व्यक्तित्वको आवश्यकता छ। पूँजिवादी शासक र व्यक्तित्वको अगाडि नझुक्ने पैसामा नविकिने प्रतिनिधित्वको आवश्यकता छ । यस्ता व्यक्तिको पार्टीको खानि नेमकिपा हो ।
