सकियो लोकेश्वर साकोसको अर्धबार्षिक समिक्षा


माघ २४, २०८२, शनिबार | दिउँसो ०२:४० बजे | 285


सकियो लोकेश्वर साकोसको अर्धबार्षिक समिक्षा


लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि. को आ.व. २०८२÷०८३ को अर्ध बार्षिक समिक्षा कार्यक्रम साविक भक्तपुर नपा वडा नं. १५ का पूर्व वडा अध्यक्ष एवं संस्थाका संस्थापक सदस्य रविन्द्र खर्बुजाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खर्बुजाले जेनजी अन्दोलनबाट उत्पन्न राजनितिक अवस्थाको बारेमा चर्चा गर्दै अहिले बनेको कार्की सरकारबाट देशमा सुशासन कायम गर्न नसकेको र आफै पनि सुशानमा बस्न नसकेको कुरा बताउनुभयो । देशभरी नै निर्वाचनको सामाजिक सञ्जाल मार्फत व्यापक प्रचारप्रसार भइ रहेको अवस्थामा भक्तपुरमा निर्वाचन प्रचारप्रसार कार्यक्रमहरु सुरुवाति अवस्थामा रहेको जानकारी दिनुभयो । उहा“ले सहकारी संस्थाहरु मार्फत देशको राजनितीक स्थिती सम्बन्धी सदस्यहरुलाई समय समयमा हुने विविध कार्यक्रम मार्फत निरन्तर रुपमा जनकारी गर्दै लैजानुपर्ने कुरा बताउनु भयो । 
संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति राजन जतिले संस्थाले स्थापनाकाल देखि नै सदस्यहरुलाई पारदर्शी रुपमा विभिन्न गतिविधिहरुको बारेमा विभिन्न कार्यक्रमहरु मार्फत जानकारी दिदै आएको कुरा बताउनु भयो । हाल  सहकारी संस्था संचालनको लागि सहकारी विभाग, नेपाल राष्ट्र बैंक, राष्ट्रिय सहकारी नियमन प्राधिकरण र सहकारी विभाग, लगायत धेरै नियामकिय निकायबाट जारी छुटा छुटै निर्देशनहरु कार्यान्वयन गर्न एवं सहकारी संस्थाहरुलाई निर्देशन पालनामा दोहोरीने र आपसमा बझिने समस्याहरु देखिएकाले सबै नियामकिय निकायहरु मार्फत एकद्धवार प्रणालिबाट सहकारी संचालनको लागि चुस्त एउटै निर्देशन जारी हुनु उपयुक्त हुने कुरा राख्नु भयो । साथै प्राधिकरणमा सहकारी दर्ता सम्बन्धी प्रबधानहरुको बारेमा पनि जानकारी दिनुभयो । सहकारीहरुमा तरलता न्युन भएको अवस्था देखि आहिलेको विद्येमान तरल बृद्धि भएको अवस्थामा पनि यस संस्थाले निरन्तर रुपमा सदस्यहरुको हित र प्रगतिलाई मध्यनजर गरी वित्तिय कारोबार मात्रलाई नभइ सदस्यहरुको माग अनुसार सामाजिक उत्तरदायित्व बहन गर्ने किसिमका कार्यहरु गर्दै आएको कुरा बताउदै आगामी दिनहरुमा पनि यस्ता कृयाकलापहरुलाई निरन्तर गर्दै जाने बताउनु भयो । उक्त कार्यक्रममा संस्थाका लेखासुपरिवेक्षण समितिका संयोजक लक्ष्मीभक्त दुवालले लेखा प्रतिवेदन, सचिव राजु छुकांले अर्ध बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले आर्थिक प्रतिवेदन र विभिन्न उप–समितिबाट आ–आफ्नो प्रगति प्रतिवेदनहरु प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा संस्थाका प्रबन्धक प्रशान्त मानन्धर पनि बोल्नु भएको थियो ।

Comments