देशलाई माया गर्ने नेताको आवश्यकता


माघ २३, २०८२, शुक्रबार | राति ०८:३५ बजे | 80


देशलाई माया गर्ने नेताको आवश्यकता

कुमार लघु,ख्वप

अहिलेको चुनावमा देशलाई माया गर्ने नेताको आवश्यकता छ । देशमा र संसदमा समग्र रूपमा समान कानून वनाउन पहल गर्ने नेताहरूको आवश्यक छ। विकासको निम्ति संसदमा पहल गर्न सक्ने हैसियत भएको व्यक्तित्व आवश्यक छ । विकास आफ्नो जिल्लामा हसुरेर लाने व्यक्तिको होईन । पढेको व्यक्तिले संसद के हो भनेको बुझेको व्यक्ति आवश्यक छ । बलले र पक्षपात गर्ने व्यक्ति संसदलाई आवश्यक छैन् । संसदमा भनेको विचारवाण र देशलाई नीति निर्देशन र नेतृत्व गर्ने र संसदको सरकारलाई सल्लाह दिने व्यक्ति चाहिने हो । संसदमा बल होईन् वुध्दि र विचारले घच्घचाउने तागत भएको उम्मेदवारको खाँचो छ । अहिलेको चुनावमा मार्क्शवादी, लेलिननवादी , माआे त्सेतुङ विचारको अनुयायीहरूलाई जनताले र जनताको मनले स्वच्छ देखेको र संसदमा संसदिय विचार दर्शनशास्त्रले दिएको नीतिको सूत्रले काम गर्न सक्ने व्यक्तित्व पठाउने कार्य जनताले गर्नु पर्छ न कि मुठ भेड गर्ने त्यो संसदको थलो होईन् । विगतमा गुण्डाहरू र व्यापारीहरूलाई चयन गरियो त्यो सस्कार जुन वनाउन खोज्यो त्यो गलत थियो । अबलाई त्यो कष्ट नडो-र्याउनु । त्यसले गर्दा जनतालाई धेरै संसद सदस्यले धोका दियो । विगतमा बलले संसद सदस्यको वैठक स्थललाई कुस्ति र ठेलम ठेलको अखडा वनायो । त्यो हुन वनाउनेहरू गदार पार्टीका कुकर्म गर्ने नेताहरूले त जनताको मुक्का र अन्यायको फल चाखेको सबैले थाहा लिएकै हो। अब वुध्दि विबेक तर्क, तृक अनुभवले खारिएका अध्ययनशिल भविष्य ,भूतकाल र वर्तमान कालले १०० आै वर्ष अगाडिको र पछाडिको कुरालाई हेर्न सक्ने दूरदृष्टिका विचारकहरू संसदमा आवश्यक छन्। अपराध मनोवृतिक,गुण्डाशैलिका मानिसहरू जिताएर काम नै छैन् । असल विश्र्व विध्यालयमा विभिन्न विषेशज्ञता हासिल गरेका मैले भन्ने हो भन्ने हो भन्ने त कम से कम डिग्री पढेका शिल स्वभावैले नै मानिसलाई वा शासकहरूलाई तर्क विचार र उस्का शूत्रले आच्छु आच्छु पार्ने र योजनाहरू कहाँ कस्ता चाहिने र आवश्यकताहरू महसूस गराउन सक्ने व्यक्तित्व होस् । देस विदेशको ईतिहास ,राजकाजको र राष्ट्पति हैसियतको उदाहरण दिन सक्ने र ज्ञानको खानीका व्यक्तिहरूले जितेर आआेस् । अनि पो जनताको जिल्लाको अवस्था र स्थानीय ठाउँको घट्ना आवश्यकताले चेतित उम्मेदवारको चाहाना जनताले पनि राखोस् । जनताले माथीको गुण भएका व्यक्तिलाई जिताउनु पर्छ । विपक्षले पनि तारिफ खाएको हुनुपर्छ । ज्यानमारा अपराधी गुण्डाहरूलाई मत दिन बहिष्कार गर्नुपर्छ । भाइ बहिनीहरू असल भनेको असल हो । असल व्यक्तिले पो असल काम र नीति नियम र जनताको चाहना अनुसार काम गर्नेलाई अत्यधिक मत दिएर जिताउने आकाँक्षा लेऊ । अन्तमा यति लेखेर तपाईहरू माझवाट विदा लिन्छु । धन्यवाद २०८२/१०/२३ गते

Comments