ख्वप कलेजका बिद्यार्थीबिच गो लोकल अभियान सम्बन्धि अभिमुखिकरण  


माघ १५, २०८२, बिहीबार | राति ०८:५० बजे | 170


ख्वप कलेजका बिद्यार्थीबिच गो लोकल अभियान सम्बन्धि अभिमुखिकरण  

भक्तपुर।भक्तपुरनगर पालिकाध्दारा सन्चालित ख्वप कलेज र ‘गो लोकल’ अभियानको संयुक्त आयोजनामा भक्तपुरका रैथाने उत्पादनसम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई स्थानीय उत्पादनको महत्त्व, यसको बजारीकरण र उद्यमशीलताका अवसरहरूबारे जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।

कलेजका प्राध्यापक प्रनेण बाटीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा स्थानीय अर्थतन्त्र र मौलिक सीपको संरक्षणका विषयमा चर्चागरिएको थियो।कार्यक्रममा प्राध्यापक अन्जु ग्वाछाले गो लोकल टिमले कलेजमै आएर विद्यार्थीहरूलाई रैथाने उत्पादनको बजारीकरण र यस क्षेत्रमारहेका सम्भावनाहरूबारे सचेत गराएकोमा आभार व्यक्त गर्नुभयो। यस्ता कार्यक्रमले विद्यार्थीहरूमा व्यवहारिक ज्ञान बढ्ने उहाँकोविश्वास थियो।

‘गो लोकल’ का संयोजक बिरेन्द्र जतिले अभियानको मुख्य अवधारणा र भावी योजनाबारे प्रष्ट पार्नुभयो। उहाँले स्थानीय स्रोत रसाधनको प्रयोग गरेर कसरी आत्मनिर्भर बन्न सकिन्छ भन्ने विषयमा जानकारी गर्नुभएको थियो। यस्तै, टिमका सदस्य दिपेशराज शर्माले‘गो लोकल’ पुस्तकमा समेटिएका १५ वटा रैथाने उत्पादनको संक्षिप्त परिचय दिँदै ती उत्पादनहरूको सांस्कृतिक र धार्मिक महत्त्वबारेविद्यार्थीहरूलाई जानकारी गराउनुभयो।

कार्यक्रमको विशेष आकर्षणको रूपमा गो लोकलकी सदस्य रमिला दुवालले आफ्नो जीवनको सफलताको कथा सुनाउनुभएको थियो।उहाँले पढाइपछि सुरु गरेको जागिर छोडेर पारिवारिक व्यवसायमा लाग्दा भोगेका चुनौती, संघर्ष र त्यसपछि प्राप्त गरेको सफलताकोअनुभव साझा गर्दै विद्यार्थीहरूलाई स्वरोजगार बन्न प्रेरित गर्नुभयो।

फाेटाेमा हेर्नुहाेस्...

ख्वप कलेजका बिद्यार्थीबिच गो लोकल अभियान सम्बन्धि अभिमुखिकरण  
ख्वप कलेजका बिद्यार्थीबिच गो लोकल अभियान सम्बन्धि अभिमुखिकरण  
ख्वप कलेजका बिद्यार्थीबिच गो लोकल अभियान सम्बन्धि अभिमुखिकरण  

Comments