सिद्धिकाली साकोसमा झोल साबुन बनाउने तालिम सप्पन्न
माघ ३, २०८२, शनिबार | राति ०७:१२ बजे | 440
सिद्धिकाली साकोस तुलाननी मध्यपुरको आयोजनामा माघ ३ गते झोल साबुन बनाउने तालिम सप्पन्न भयो | तालिममा सहभागिलाइ प्रमाणपत्र बितरन गर्दै संस्थाका अध्यक्ष वीर कृष्ण प्रजापतिले तालिम गृहणिहरुलाइ घर चलाउन सजिलो हुन्छ स साना समूह बनाइ ब्याबसाय गर्न चाहनु हुन्छ भन्ने सिद्धिकाली साकोसले शुलभ ब्याजदरमा दुई चार लाखसम्म ऋण दिन सकिन्छ भन्नू भयो | कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष मोहन कृष्ण प्रजापतिले यो संस्थाद्वारा आयोजित पहिलो आयमुलक कार्यक्रम भएकोले व्यवहारमा प्रयोग गर्न अनुरोध गर्नु भयो | कार्यक्रममा सचिब रत्न हरि प्रजापति र प्रशिक्षक बबि मैयाँ कवांले पनि तालिमको महत्वमाथी प्रकाश पार्नु भयो कार्यक्रममा १६ जना महिला र १ जना पुरुष गरि १७ जना प्रशिक्षर्थिहरुको सहभागिता थियो
फाेटाेमा हेर्नुहाेस्...
