जगातीमा जहाँं तपाई, त्यहाँं सर्भिस् 


माघ २, २०८२, शुक्रबार | दिउँसो ०२:०३ बजे | 220


जगातीमा जहाँं तपाई, त्यहाँं सर्भिस् 

भक्तपुर । भक्तपुरको जगातीमा शुक्रबार टिभिएस डोर स्टेप सर्भिस भएको छ । सर्भिस अन्तर्गत टिभिएस ब्राण्डका ट्याम्पुहरुको मर्मत सुधार तथा सर्भिसिंग भएको हो । सर्भिस सेन्टरसम्म आउन नपर्ने गरी फिल्डमै सेवा दिने उद्देश्यका साथ सेवा दिन सेवा थालेको साइनो अटो मोवाइल प्रालिका प्रबन्ध निर्देशक प्रल्हाद दाहालले जनाए । 
टिभिएस कम्पनीको आयोजना तथा साइनो अटो मोवाइल प्रालिको सहकार्यमा सर्भिस भएको हो । यस्ता सेवाहरु भक्तपुरसहित काभ्रे जिल्लाका अटो मोवाइल सञ्चालन भएका केन्द्रहरुमा हुने साइनो अटो मोवाइल प्रालि भक्तपुरका प्रबन्ध निर्देशक संगम लामाले जनाए । शुक्रबार दिनभर सेवा हुने जनाइएको छ । 

Comments