भक्तपुर घरेलु तथा साना उद्योग संघको ३५ औ साधारण सभा सम्पन्न


पुष २६, २०८२, शनिबार | विहान ०७:४९ बजे | 190


भक्तपुर घरेलु तथा साना उद्योग संघको ३५ औ साधारण सभा सम्पन्न

भक्तपुर घरेलु तथा साना उद्योग संघको ३५ औ तथा महिला उद्यमी समितिको ३३ बार्षिक साधारण सभा उद्योग बाणिज्य भुमी तथा प्रशासन मन्त्रालयका माननीय मन्त्री विन्दु श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन भयो । सो अवसरमा प्रमुख अतिथि माननीय मन्त्री श्रेष्ठले देशको मेरुदण्डको रुपमा रहेको लघु घरेलु तथा साना उद्योगलाई उत्थानको लागि विभिन्न कार्यक्रम मन्त्रालयले गर्दै आईरहेको बताउनु हुन्दै अहिले प्रविधि मैत्री समयमा ई कमर्श घरेलु उत्पादन मेला कोशेली घर जस्ता कार्यक्रम संचालन गरिरहेको बताउँदै भक्तपुरमा पनि एउटा व्यवश्थित कोशेली घरको लागि आउने बजेटमा राख्ने बताउनु भयो । साथै बागमति प्रदेशको पहिचान भनेको हस्तकला भएको कारण निकट भविष्यमा हस्तकला दिवस मनाउन छलफल गरिरहेको र उद्योग संचालनमा आएको नितिगत जिल्ला स्थित उद्योग तथा बाणिज्य कार्यालय मार्फत मन्त्रालयमा पेश गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा विषेश अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिहले सरकाले स्वदेशी बस्तु खरिद निर्देशिका जारी भएकपनि सरकार आफैले सो ऐन पालना नगर्दा साना उद्यमी झन झन ‍औझेलमा परेको बताउनु हुन्दै कोरनाको समयमा देशका ठुल ठुला उद्योग बन्द भएपनि घरेलु तथा साना उद्योग संचालन गरी देशको अर्थतन्त्र धानेको स्मरण गर्दै यस्ता लघु घरेलु तथा साना उद्योगलाई अझै देशले नचिनेकोमा दुःख व्यक्त गर्नुभयो । त्यस्तै अर्का अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष एव संघका पुर्व अध्यक्ष चन्दनकृष्ण श्रेष्ठले घरेलु तथा साना उद्योगको उत्थानको लागि ‍औद्योगिक निगम विकास प्रतिष्ठान मार्फत बिना धितो ५ देखि २० लाख सम्म प्रदान गरिने सहुलियतपुर्ण कर्जाको समितिमा घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधित्व गरी कर्जा प्रवाह गरिरहेको जानकारी गराउँदै यस्ता कर्जाको लागि भक्तपुर घरेलु तथा साना उद्योग संघ मार्फत तोकिएको समयमा निवेदन पेश गर्न अनुरोध गर्नुभयो ।

त्यसैगरी गो लोकलका संयोजक विरेन्द्र जतिले भक्तपुरका उत्पादनलाई पर्यटक मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटनसँग जोडी प्रवर्ध्दन गर्न विभिन्न कार्यहरु गरिरहेको जानकारी गराउनु भयो भने भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्माले विगत ७ बर्षदेखिको मेहेनेतले हाललाई भक्तपुरका १५ वटा उत्पादनलाई रैथाने उत्पादनको रुपमा सुचिकृत गरी प्रवर्ध्दन गरिरहेको बताउनु भयो । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष प्रेम कृष्ण खर्बुजाले भक्तपुर घरेलु तथा साना उद्योग संघ स्थापना काल देखि हालसम्म निरन्तर साधराण सभा गरी उद्यमीहरुको हक हित तथा संरक्षण गरि लागि परेको र संघले उद्यमीहरुको नितिगत समस्यालाई नेपाल सरकारको सम्बन्धित निकायमा पुर्याउन पहल गरिदिएको बताउनु भयो ।त्यसैगरी उद्योग तथा बाणिज्य कार्यालयका कार्यालय प्रमुख रामप्रसाद कुस्माले उद्योग तथा बाणिज्य कार्यालयले पुर्याउँदै आईरहेको सेवा सुविधाहरुबारे जानकारी गराउनु साथै कार्यालयले विभिन्न सीपमूलक तालिम संचालन गरी दक्षता बनाउनुका साथै संघ संस्थसँगको समन्वयमा तालिम गोष्ठी मेला अन्तरक्रियाहरु संचालन गरिरहेको जानकारी गराउनु भयो ।

कार्यक्रममा नेपाल घरेलु तथ साना उद्योग महासंघका उपाध्यक्ष एव संघका पुर्व अध्यक्ष सत्यनारायण प्रजापति नेपाल घरेलु तथ साना उद्योग महासंघका केन्द्रिय महिला उद्यमी समितिका बरिष्ठ उपाध्यक्ष रीता अवाल भक्तपुर घरेलु बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष लक्ष्मण ग्वाछा भक्तपुर चम्बर अफ कमर्शका अध्यक्ष कविदास श्रेष्ठ भक्तपुर साना तथा मझौला व्यवशायी संघका अध्यक्ष विरेन्द्र माक संघका सचिव श्रीजना कक्षपति तथा महिला उद्यमी समितिका अध्यक्ष कमलश्वरी खर्बुजाले देश विकासमा घरेलु उद्योगको योगदानबारे चर्चा गर्नुभयो।

कार्यक्रममा भक्तपुरमा लामो समय देखि स्थानीय सीप स्रोध साधन उपयोग गरी उद्योग व्यवशाय संचालन गरीरहेका उद्यमीहरु मध्यै न्यू जगाति राईस मिलका प्रोपाईटर महेन्द्रमान श्रेष्ठ तथा हेल्पिङ्ग हाण्ड् फेल्ट क्राप्टका प्रोपाईटर राजु भडेललाई बर्षको उकृष्ट घरेलु उद्यमी सम्मान २०८२ बाट सम्मानित गरियो ।भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठको सभापतित्वमा भएको सो साधारण सभामा कार्यक्रमका प्रमुख अतिथि बिषेश अतिथि विभिन्न संघ संसथाका अध्यक्ष तथा प्रतिनिधिहरुलाई संघको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।  

Comments